site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अर्थमन्त्री शर्मा भन्छन्– निजी क्षेत्रलाई विश्वासमा लिने बजेट छ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रलाई विश्वासमा लिने बजेट रहेको दाबी गरेका छन् । उनले निजी क्षेत्रलाई उत्पादनमा उत्साहित बनाउने उनीहरूको माग सम्बोधन गरेर बजेट ल्याएको दाबी गरे । 

“व्यापार हैन, निजी क्षेत्रलाई उत्पादनमा उत्साहित गर्ने हाम्रो नीति हो । ७० प्रतिशत योगदान दिने निजी क्षेत्रलाई विश्वास लिने बजेट ल्याएका छौँ,” सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने, “निर्यातमा नगद अनुदान र विजुलीमा छुट सिमेन्ट उद्योगलाई टार्गेट गरेका छौं । अब सिमेन्ट निर्यात गर्ने लक्ष्य हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

अब अन्तर्राष्ट्रिय बजारमा निकासी किन नगर्ने भनेर निर्यात टार्गेट सिमेन्ट रहेको उनले बताए । त्यसका लागि निर्यातमा अनुदान र वार्षिक १० करोडभमन्दा बढी बिजुली खपत गर्नेलाई महसुल छुट गर्ने घोषणा गरेको उनले बताए । 

“बजेट आयात प्रतिस्थापन होस् र निर्यातमा केन्द्रित गर्न खोजेका छौं,” उनले भने । यस्तै ५ खर्बको लघुवित्त कोषमार्फत उत्पादन क्षेत्रमा नै कर्जा दिने व्यवस्था गर्न खोजिएको उनले बताए ।

Global Ime bank

“पाँच खर्बको लघुवित्त कोषमार्फत उत्पादनमा सहभागी हुने किसान, स्टार्टअप, साना व्यवसाय गर्नेलाई घरदैलोमा ऋण दिने भनेका छौं । लघुवित्तलाई प्राथमिकता दिएर वित्तिय पहुँच घर दैलोमा लैजाने हो,” उनले भने, “बैंकले मझौला र ठूला व्यवसायका लागि लगानी गर्ने हो । अब घर दैलो र पेशा व्यवसाय गर्ने ठाउँमा नै ऋण लघुवित्तमार्फत लगानी हुन्छ ।” 

उनले आफूले ल्याएको बजेटले पूर्वाधार निर्माणलाई समयमा सम्पन्न  गर्नुपर्छ भनेर टार्गेट लिएको दाबी गरे । 

सबै पूर्वाधार सरकारले गर्न सक्दैन भनेर केही दु्रतमार्ग निजी क्षेत्रलाई दिने कुरा गरेको भन्दै उनले सपना देख्नुपर्ने र सपना नदेखी केही नहुेने स्पष्ट पारे । बजेटमा काठमाडौं–पालुङ–नारायणगढ, नारायणगढ–रामपुर–बुटवल र नारायणगढ–रामपुर–पोखर द्रुतमार्गको प्रस्ताव गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय