site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दुर्घटनामा परेको जहाज नेपाली आकाशमा सबैभन्दा पुरानो थियो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली आकाशमा कति वर्ष पुराना जहाज उडिरहेका होलान् ? सामान्य अनुमान लगाउँदा बढीमा २०–२२ वर्ष पुराना हुन सक्छन् भन्ने लाग्न सक्छ । तर, ४३ वर्ष पुराना जहाज नेपाली आकाशमा थियो ।

आइतबार दुर्घटनामा परेको तारा एयरको जहाज ४३ वर्ष पुरानो थियो । अहिले पनि ४० वर्ष पुराना हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन् ।

सन् १९७९ मा बनेको तारा एयरको ९एन–एईटी जहाज आइतबार मुस्ताङको थुसाङमा दुर्घटनामा परेको हो । यो जहाजको विभिन्न देशमा गरी ८ पटक स्वामित्व परिवर्तन भइसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो जहाज बनेको १९ वर्षपछि नेपाल भित्रिएको थियो । 

तारा एयरले करिब ४३ वर्ष पुरानो यो जहाजबाट नेपाली यात्रुहरुलाई दुर्गममा हवाई सेवा दिइरहेको थियो ।

Global Ime bank

दुर्घटनामा परेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना यात्रु रहेका थिए । तीमध्ये कोही पनि जिवित रहेनन् ।

यस्तै तारा एयरकै सन् १९८० नोभेम्बर १४ मा निर्मित अर्को जहाज पनि सञ्चालनमै  छ । कम्पनीको ९एन– एईभी दर्ता नम्बर रहेको उक्त जहाज पनि सञ्चालनमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको विवरणमा उल्लेख छ ।

नेपाल एयरलाइन्सले पनि करिब ३८ वर्ष पुराना जहाज सञ्चालन गरिरहेको छ । नेपाल एयरलाइन्सको ९एन– एबीयू र ९एन– एबीटी दर्ता नम्बर रहेको जहाज सन् १९८४ मा बनेको हो ।

यी जहाज पनि अहिले सञ्चालनमै रहेका छन् । 
 
यस्तै ३५ वर्ष पुरानो जहाज सीता एयरले पनि उडाइरहेको छ । सीता एयरले सन् १९८७ मा निर्मित जहाज नेपाली आकाशमा उडाइरहेको छ भने सन् १९९० मा बनेको जहाज गुण एयरलाइन्सले पनि उडाइरहेको छ । यसैगरी बुद्ध एयरले २७ वर्ष पुरानो, सौर्य एयरलाइन्सले करिब २१ वर्ष पुरानो जहाज उडाइरहेका छन् । यस्तै श्री एयरलाइन्सले करिब २० वर्ष, यती एयरलाइन्सले करिब १५ वर्ष पुरानो जहाज उडाइरहेका छन् । समिट एयरले उडाइ रहेको जहाज करिब ८ वर्ष र हिमालय एयरलाइन्सले उडाइरहेको जहाज करिब ७ वर्ष पूरा भएको छ । हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय गन्तव्यका लागि मात्रै उडान गर्छ ।
 
कुन कम्पनीसँग कति वर्ष पुरानो जहाज
 
यस्तै, उत्पादनको आधारमा नेपालमा सञ्चालनमा रहेको सबैभन्दा पुरानो हेलिकोप्टर दर्ता नम्बर ९एन–एडीके हो । यो हेलिकोप्टर सन् १९८२ मा बनेको हो । यो हेलिकोप्टर श्री एयरलाइन्सले सञ्चालन गरिरहेको छ । यो करिब ४० वर्ष पुरानो हो । यस्तै मुस्ताङ हेलिकोप्टरले सञ्चालन गरिरहेको ९एन– एजीयू दर्ता नम्बर भएको हेलिकोप्टर सन् १९८६ मा बनेको हो । यो करिब ३६ वर्षको भयो ।
 
यसैगरी १९८९ मा बनेको ९एन–एआईआई दर्ता नम्बर भएको फिस्टेल हेलिको हेलिकोप्टर पनि ३३ वर्ष पुरानो हो । सन् १९९० मा बनेको एयर डाइनेष्टीको ९एन–एएफक्यू दर्ता नम्बर रहेको हेलिकोप्टर पनि सञ्चालनमै छ । यो करिब ३२ वर्षको भयो । यस्तै कैलाश हेलिकोप्टरले करिब २० वर्ष, प्रभु हेलिकोप्टरले करिब १२ वर्ष पुरानो हेलिकोप्टर उडाइरहेका छन् । यस्तै हेलि एभरेष्ट, माउन्टेन हेलिकोप्टर र सिम्रिक एयरसँग १०–१० वर्ष भएका हेलिकोप्टर छन् भने मनाङ एयरसँग भएको हेलिकोप्टर करिब ५ वर्ष पुरानो छ ।
 
कुन कम्पनीसँग कति वर्ष पुरानो हेलिकोप्टर
 

 
हाल नेपालमा हेलिकोप्टरसमेत गरेर १९ वटा हवाई सेवा प्रदायक कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई सेवा दिनेमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स हुन् ।
 
यसैबीच बुद्ध एयरसँग सबैभन्दा बढी १६ वटा जहाज छन् । नेपाल एयरलाइन्स १३ वटा जहाज छन् भने श्री एयरलाइन्स र गुण एयरलाइन्ससँग ७–७ वटा जहाज रहेका छन् । श्री एयरलाइन्ससँग ८ वटा हेलिकोप्टर पनि छ । यसैगरी, यती एयरलाइन्स ५, समिट एयर, सीता एयर र तारा एयरसँग ४–४ वटा जहाज छन् । सौर्य एयरलाइन्ससँग ३ वटा जहाज छन् भने अन्तर्राष्ट्रिय उडान मात्रै गर्दै आएको हिमालय एयरलाइन्स ४ विमान छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement