site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । 

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि समय सकिएपछि मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए ।  

उनले कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनसाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताए । “कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सिधै हवाइसेवा सञ्चालन हुन सकेको थिएन”, त्रिपाठीले भने, “अब चिनियाँ टोली नेपाल आउन तयार छ ।”  

सदियौँदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाविस्थान, श्रीस्थान, कोटिला, तल्लो डुङ्गेश्वर र पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो ।  

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्वेकार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro