site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिक नियम उल्लंघन गर्ने ८२६ चालक कारबाहीमा, २४३  सवारी साधन ‘होल्ड’मा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ८२६ सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको होली विशेष चेकिङ कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रवक्ता एसपी सञ्जयबहादुर राउतले अहिलेसम्म ८२६ कारबाहीमध्ये २४३ वटा सवारी साधन होल्डमा राखिएको जानकारी दिए ।

“विभिन्न कसुरमा अहिलेसम्म ८२६ जना सवारी चालक कारबाहीमा परिसके । त्यस्तै २२० मोटरसाइकल तथा स्कुटर र २३ वटा चारपांग्रे सवारी छन् । यीमध्ये ६ जनाले लागुपदार्थ सेवन गरेको पाइयो,” एसपी राउतले भने ।

मापसे, लापसे, स्कुटरमा तीन/चारजना राखेर हिँड्ने, लापरबाही गरेर सवारी चलाउने, ओभर स्पीड सवारी हाँक्नेलाई ट्राफिकले कारबाही गर्दै आएको एसपी राउतले बताए ।  

उनका अनुसार ट्राफिक नियम उल्लंघन गर्नेले चालकले कसुर हेरेर जरिवाना र सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro