site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालमा दैनिक २२ वटा विपद्का घटना, दुई जनाले गुमाउँछन् ज्यान

काठमाडौं । नेपालमा दैनिक २२ वटाभन्दा बढी विभिन्न विपद्का घटना हुने गरेको पाइएको छ । ती घटनामा परी दैनिक दुई जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार बितेको ११ महिनामा विपद्का घटनामा परी देशभर ७१६ जनाले ज्यान गुमाएका छन् । ०८१ वैशाख १ गतेदेखि फागुन २९ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् । यस तथ्यांकले नेपालमा दैनिक औसतमा २.१४ जनाको मृत्युको कारण विपद्का घटना भएको देखाउँछ ।

पहिरो, बाढी, आगलागी, चट्याङ, भारी वर्षा, जनावर आक्रमण, हिउँपहिरोलगायत विपद्का घटनामा उनीहरूको मृत्यु भएको हो । यस अवधिमा देशभर सात हजार ४४४ वटा विपद्का घटना रेकर्ड भएका थिए । यस अवधिमा दैनिक औसतमा २२.२८ वटा विपद्का घटना रेकर्ड भएको पाइएको छ । 

पछिल्लो ११ महिनामा भएका विपद्का घटनामा परी अझै पनि ६६ जना बेपत्ता छन् । विपद्का घटनामा परी एकहजार ५२८ जना घाइते भएका थिए ।

केन्द्रका अनुसार, बितेको ११ महिनामा विपद्का घटनाबाट १७ हजार ६०८ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले यस अवधिमा सातहजार ५५९ घरमा आंशिक क्षति र तीनहजार ६४७ घरमा पूर्ण क्षति गरेको केन्द्रको तथ्यांकले देखाउँछ । 

विपद्का घटनाले ७१ वटा पुलमा क्षति गरेको थियो भने एक हजार २२८ गोठमा क्षति गरेको थियो । यस्तै, विपद्का घटनामा परी उक्त अवधिमा आठ हजार ४८२ पशुचौपाया मारिएका थिए । 

बितेको ११ महिनामा विपद्का घटनाले करिब ५० अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

विपद्का घटनामा सबैभन्दा बढीको मृत्यु काभ्रेपलाञ्चोकमा ८५, ललितपुरमा ५२, काठमाडौंमा ४८, धादिङमा ४३, चितवनमा ४३, बाग्लुङमा २१, दाङमा १९, कास्कीमा १६, रामेछापमा १६, मकवानपुरमा १४, स्याङ्जामा १६, रोल्पामा १३, कञ्चनपुरमा १३, गुल्मीमा १२, बर्दियामा १२, कैलालीमा १२, मोरङमा १२, झापामा ११ र पाँचथरमा १० जनाको भएको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष विपद्का घटनाले ठूलो मानवीय क्षति गरेको छ । अघिल्लो वर्ष अर्थात् ०८० वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको ११ महिनामा अवधिमा देशभर पाँचहजार ३३२ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा परी ४५८ जनाको मृत्यु, ३१ जना बेपत्ता र एकहजार ४८९ जना घाइते भएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १३:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro