site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल प्रिमियर गल्फ : शुक्रको सानदार जित, नम्बर एक बन्न सफल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । धरानका व्यावसायिक गल्फर शुक्रबहादुर राईले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गर्नुका साथै समग्रमा १९–अन्डर २६९ स्कोर गर्दै सूर्य नेपाल गल्फ च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । जितसँगै शुक्रबहादुर नेपालको नम्बर एक गल्फर बनेका छन् । 

सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगितामा शुक्रबहादुरले करियरकै उत्कृष्ट स्कोर निकालेका हुन् । शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले पछाडि पारेका हुन् । शुक्रको करियरमा यो सातौँ उपाधि हो । उपाधि विजेता शुक्रले दुई लाख ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् । 

शुक्रले यो सिजनको कुल आठमध्ये पाँच प्रतियोगिता मात्र खेलेका थिए । खेलेका पाँच प्रतियोगितामध्ये शुक्रले तीनको उपाधि जितेका थिए । शुक्रले यसअघि सेन्ट्रल ओपन, इस्ट्रन ओपनको उपाधि जितेका हुन् । शुक्रले जारी सिजन सर्वाधिक ६ लाख ६३ हजार ५०० रुपैयाँ नगद पुरस्कार जित्न सफल भए । 

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियन शुक्रले प्रतियोगिताको चौँथो तथा अन्तिम दिन आज (बिहीबार) पहिलो होलमा बोगी खेलेका थिए । तेस्रो र सातौँ होलको बर्डी खेलेका शुक्रले फ्रन्ट नाइनमा १–अन्डर ३५ स्कोरमा सकाएका थिए । त्यसपछि ११, १२ र १८औँ होलमा एक÷एक सट बचाएका शुक्रले १४औँ होलमा बोगी खेलेपछि ब्याक नाइनमा २–अन्डर ३४ स्कोर गरेका थिए । शुक्रले पहिलो दिन ३–अन्डर ६९, दोस्रो दिन ७–अन्डर ६५, तेस्रो दिन ६–अन्डर ६६ स्कोर गरेका थिए । 

शुक्र पहिलो दिन पाँचौँ स्थानमा थिए भने दोस्रो दिन दोस्रो स्थानमा उक्लिएका थिए । तेस्रो दिन शीर्ष स्थानमा उक्लिएका शुक्रले अन्तिम दिन पनि अग्रतालाई कायम राख्दै उपाधि जित्न सफल भएका हुन् । 

Global Ime bank

दोस्रो भएका निरजले अन्तिम दिन २–ओभर ७४ स्कोर गरे । समग्रमा १३–अन्डर २७५ स्कोर गरेका निरजले अन्तिम दिन फ्रन्ट नाइनमा इभन–पार ३६ स्कोर गरे । उनले तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे भने चौँथो र पाँचौँ होलमा एक–एक सट खेर फाले । त्यसपछि १४ र १५औँ होलको बोगी खेल्दा निरजले ब्याक नाइन २–ओभर ३८ स्कोरमा सकाए ।  

समग्रमा १२–अन्डर २७६ स्कोर गरेका भुवन नगरकोटी तेस्रो स्थानमा रहे । यससँगै नम्बर एक गल्फरको स्थान गुमाए । भुवनले अन्तिम दिन २–अन्डर ७० स्कोर गरेका थिए । भुवनले यो सिजन कुल ५ लाख ८० हजार ५०० रुपैयाँ नगद पुरस्कार जितेका छन् । उनी दोस्रो स्थानमा झरेका छन् ।

एमेच्योर वाङचेन ढोन्डुपले समग्रमा ११–अन्डर २७७ स्कोरसहित एमेच्योरतर्फको उपाधि जिते । अन्तिम दिन १–ओभर ७३ स्कोर गरेका वाङचेन समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे । समग्रमा भने महेन्द्र पाँचौ भए । एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबास तामाङले समग्रमा ७–अन्डर २८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्त रूपमा छैठौँ स्थान बाँडे । अन्तिम दिन सुबासले ५–अन्डर ६७ र पूर्णले इभन–पार ७२ स्कोर गरे । 

अन्तिम दिन इभन–पार ७२ सहित समग्रमा ५–अन्डर २८३ स्कोर गरेका एमेच्योर आरव डी शाहले आठौँ स्थानमा रहेर प्रतियोगिता सकाए । भुवनकुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २८५ स्कोरसहित संयुक्त रूपमा नवौँ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ स्कोर गरे । एमेच्योर सद्भाव आचार्यले समग्रमा २–अन्डर २८६ सहित एघारौँ र समग्रमा इभन–पार २८८ स्कोरसहित सूर्यप्रसाद शर्माले १२औँ स्थानमा रहेर प्रतियोगिता सकाए । 

पाँच–ओभर २९३ सहित व्यावसायिकतर्फ १५औँ भएका जयराम श्रेष्ठले तेस्रो स्थानसहित आगामी सिजनको सुरुआत गर्नेछन् । 

चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ गल्फरले प्रतिस्पर्धा गरेका थिए । नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशि १४ लाख ६१ हजार रुपैयाँ रहेको थियो । विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC