राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगको चर्चा नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न बनाइएका आयोगले के काम गरिरहेको छ भन्ने सरकारले ध्यान दिन नसकेको बताए ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले १७६ वटा मुद्दा परिपूरण गर्न सिफारिस बुझाएको र त्यो कहाँ गयो ? भन्दै उनले प्रश्न गरे ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:५८
प्रतिक्रिया दिनुहोस्