site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डाउन सिन्ड्रोम तथा अटिजम सम्बन्धी विशेष कार्यक्रम हुने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ । 

स्कुल फर स्पेसल नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गरिनेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग समेत गरिने जनाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आउँदो असार ४ अर्थात् जुन १८, २०२२ को शनिबार राजधानीमा कार्निभल आयोजना हुने जनाइएको छ । ‘जुन वियर कार्निभल’को आयोजना हुने यो कार्यक्रम वियर फेस्टिभल र पारिवारिक कार्निभलको संयुक्त रूप हुनेछ । यस कार्निभलको आयोजनाको लागि होटेल मल्लले निःशुल्क होटल उपलब्ध गराउने जनाइएको छ ।

दि मल्ल होटलकी एसोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागी हुन पाउँदा आफू हर्षित भएको बताउँदै यस कार्यक्रमको सफलताका लागि सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Royal Enfield Island Ad

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिवृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने अभिप्रायका साथ राउण्ड टेबलले युवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको जनाइएको छ । 

यस कार्यक्रमबाट भएको आम्दानीको शत्प्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताए । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षा र मनोरञ्जनका लागि काम गर्ने बृहत्तर योजनाको यो पहिलो पाइला भएको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २१:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro