site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् प्रदेश–१ का ६ स्थानीय तह हाँक्ने महिला
झापाको गौरीगन्ज गाउँपालिकामा निर्वाचित अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पूजन न्यौपाने कुवँर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । झापाको गौरीगन्ज गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी फूलवती राजवंशी अध्यक्षमा निर्वाचित भइन् । नेपाल महिला संघ हुँदै पार्टीको तल्लो तहबाट राजनीतिमा उदाएकी उनी अघिल्लो निर्वाचनमा अध्यक्षमा पराजित भएकी थिइन् ।

फूलवती भन्छिन्, “हामी गौरीगन्जमा अब फेरि प्रमुख नेतृत्वमा पुगेका छौँ । जुन विश्वासले मत पाएका छौँ, अब त्यही उत्साहले काम गर्नेछौँ ।”

फूलवतीले गौरीगन्ज अल्पसंख्यक राजवंशी र सन्थाल समुदायको अधिक बसोबास क्षेत्र भएकाले उनीहरूको उत्थान हुने काम गर्ने योजना बुनेको सुनाइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मतगणना स्थगन हुँदै फेरि सुरु गर्दा जितिएला कि हारिएला भन्ने द्विविधि थियो । तर, मतदाताले विश्वास गरेर मलाई विजयी गराउनुभयो,” गौरीगन्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले भनिन्, “पछि यस्तो परिणाम आयो कि अर्को दलबाट अध्यक्ष पनि महिला नै जित्नुभयो ।”

नेपाली र समाजशास्त्र विषयमा स्नाकोत्तर पूजन यसअघि गाउँपालिका कार्यालयमा सामाजिक परिचालकका रूपमा कार्यरत थिइन् । उक्त पदमा छँदा उनलाई नागरिकसँग जोडिन धेरै सहयोग पुग्यो । त्यसपछि वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवामा खटिइन् । त्यसबाट पनि समस्यामा परेका सर्वसाधारणसँग जोडिन मद्दत मिल्यो ।

Royal Enfield Island Ad

स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले उनलाई उपाध्यक्षका लागि टिकट दियो । आफूभन्दा दिग्गज उमेदवारलाई हराउँदै पूजन निर्वाचित भइन् । उनी भन्छिन्, “हिजो पनि जनसेवामा थिएँ, अब त झन् जनमत प्राप्त गरेरै त्यो पदमा पुगेकी छु । महिला तथा पिछडिएका सामुदायको उत्थानमा काम गर्ने मेरो योजना छ ।”

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नाम विजयी भइन् । उपाध्यक्षमा उनकै पार्टीका भोलाप्रसाद अधिकारी निर्वाचित भए । कानेपोखरीकी निवर्तमान उपाध्यक्ष समेत रहेकी इङनाम यसअघि आफूले गरेको राम्रो कामबाट विश्वास गरेकाले नै पार्टीले अवसर दिएको बताउँछिन् । उनी भन्छिन्, “महिलाले नेतृत्व नहाँक्ने भन्ने कुरै हुँदैन । अब हामी योजनागत रूपमा आफ्नो कुशल नेतृत्व प्रस्तुत गर्दै अघि बढ्नेछौँ ।”

प्रदेश नम्बर–१ का विभिन्न पालिकाको नेतृत्वमा ६ महिला निर्वाचित भएका छन् । झापाको बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेकी पवित्रादेवी महतारा निर्वाचित भएकी छन् । उपप्रमुखमा एमालेकै नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भए ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी मीनादेवी कार्की विजयी भइन् । त्यहाँ उपाध्यक्षमा कांग्रेसकै डावाङ लाक्पा शेर्पा निर्वाचित भए ।

यस्तै, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा कांग्रेसकी विमला राई निर्वाचित भएकी छन् । उपाध्यक्षमा कांग्रेसकै रमेशकुमार राउत विजयी भए । टिकट वितरणकै बेला राईलाई रोक्न खोजिएकामा उनले कांग्रेसको प्रदेश समितिमा भएको छलफलमा आफ्नो प्रस्ट एजेन्डा राखेर नेताहरूलाई प्रभावित बनाएकी थिइन ।

कांग्रेस प्रदेश–१ का कोषाध्यक्ष राजेश गुप्ताले भने, “उहाँलाई टिकट दिने/नदिने भन्ने विषयमा संसदीय समिति पनि द्विविधामा थियो । तर, उहाँको कार्यकौशल र नेतृत्व क्षमताकै कारण पाउनुभयो । पछि निर्वाचन पनि जित्नुभयो ।”

खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई निर्वाचित भइन् । कांग्रेसका खेमबहादुर खड्का उपाध्यक्षमा निर्वाचित भए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro