site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तुलसीपुर उपमहानगर प्रमुखमा एमालेका खड्का १,१६१ मतान्तरले अगाडि
SkywellSkywell

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का उमेदवार टीकाराम खड्काले एक हजार १६१ मतान्तरले अग्रता लिएका छन् । उनले हालसम्म १६ हजार ७९६ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उमेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार ५३५ मत प्राप्त गरेका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत उपप्रमुखमा एमालेका उमेदवार स्यानी चौधरीले १६ हजार ७९ मत प्राप्त गरेर अग्रस्थानमा छिन् । गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का जोगबहादुर रानाले ११ हजार ४४५ मत ल्याएका छन् ।

Dabur Nepal
NIC Asia

यसैबीच, वडा नं १० मा एमालेका यमराज केसी एक हजार ८७९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांगे्रसका धु्रवहादुर शाहले एक हजार २३ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म तुलसीपुरका १० वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । हाल तुलसीपुर ११ र १२ को मतगणना जारी छ ।

तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ ले मतदान गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu