site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तालिबान सरकारको कडा निर्देशनपछि अफगानिस्तानका महिला पत्रकारले मुख छोप्न थाले
SkywellSkywell

काबुल । अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् । 

एकदिन अघिसम्म सरकारी आदेशको अवज्ञा गर्दै उनीहरू टेलिभिजनमा 'अनएयर' भइरहेका थिए । 

Dabur Nepal
NIC Asia

एकजना कार्यक्रम प्रस्तोताले भनेकी छन्, "हामीहरूले आदेशको प्रतिवाद गर्दै आइरहेका थियौँ । तर टेलिभिजन मालिकहरूमाथि दबाब दिइन थालियो ।"

गत वर्ष अमेरिकी फौजले अफगान भूमि छाडेपछि तालिबानले सजिलैसँग सत्ता कब्जा गरेको थियो । पछिल्ला केही सातायता तालिबानले महिलाहरूमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै आएको छ । लोकप्रिय च्यानलहरू, जस्तै टोलो न्युज, अरियाना टेलिभिजन, सम्साद टेलिभिजन र १ टीभीमा महिला पत्रकारहरूले मुख छोप्ने बुर्का र हिजाब लगाएर समाचार वाचन गर्न र अन्य कार्यक्रम चलाउन थालेका छन् । 

टोलो न्युज प्रस्तोता फरिदा सियाल भन्छिन्, "ठिक छ, हामी मुस्लिम हौँ, हामीले केश लुकाउन हिजाब लगाइरहेका छौँ, तर लगातार दुई तीन घन्टा यसरी अनुहार छोपेर कुरा गर्न निकै गाह्रो छ ।"

उनी यो नियम बदल्नका लागि सरकारमाथि अन्तर्राष्ट्रिय दबाब परोस् भन्ने चाहन्छिन् । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu