site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा कांग्रेसले गुमायो ६ पालिका, गोरखा र नवलपुरमा सबैभन्दा खराब
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् ।

अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक जितेका पालिका भने गुमाएको छ ।

निर्वाचन आयोगकाअनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले र कांग्रेसले समान ३५–३५ पालिका जितेका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अघिल्लोपटक पाँच पालिकामात्र जितेको नेकपा (माओवादी केन्द्र)ले अहिले गोरखामा मात्रै नौवटा पालिका जितेको छ । उसले तनहुँको आबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिकासहित कुल ११ पालिका जितेको छ ।

बागलुङमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा (राजमो)ले  जितेको छ ।

Royal Enfield Island Ad

अब नतिजा आउन बाँकी दुईवटा पालिका मात्रै छन् । तनहुँको व्यास नगरपालिका जितेमा स्थानीय तह निर्वाचनमा कांग्रेस गण्डकीको पहिलो दल बन्ने छ । पोखरा महानगरपालिकामा चाहिँ गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको अग्रता निरन्तर कायमै छ ।

गठबन्धन नहुँदा अघिल्लो स्थानीय तह निर्वाचनमा ४४ वटा पालिकाको प्रमुखमा जितेको कांग्रेस अहिले भने ३६ पालिकामा मात्र सीमित हुने देखिएको छ ।

कांग्रेस मुस्ताङका पाँच गाउँपालिकामध्ये एउटा मात्र पालिका जित्न सफल रह्यो । अघिल्लो निर्वाचनमा मुस्ताङमा कांग्रेसले तीनवटा पालिकामा जित हात पारेको थियो । लोमानथाङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका जितेको कांग्रेसले मुस्ताङमा अहिलको निर्वाचनमा यी पालिका जोगाउन सकेन ।

बरु एमालेले जितेको घरपझोङ गाउँपालिका जितेर कांग्रेसले मुस्ताङमा साख जोगायो । बाँकी चारै गाउँपालिकामा एमालेका उमेदवारले गठबन्धनलाई पराजित गरे ।

मुस्ताङमा कांग्रेस अघिल्लो निर्वाचनको तुलनामा दुई पालिका गुमायो ।

अघिल्लो निर्वाचनमा म्याग्दीमा पहिलो पार्टी बनेको कांग्रेस अहिले दोस्रोमा खुम्चिएको छ । म्याग्दीका ६ पालिकामध्ये एमालेले चार पालिका जितेको छ ।

०७४ को चुनावमा अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिका कांग्रेसले जितेको थियो । एमालेले धवलागिरी र मंगला गाउँपालिका जितेको थियो ।

तर, पाँच वर्षपछिको निर्वाचनमा परिणाम फेरिएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिका कांग्रेसले गुमाएको छ । अन्नपूर्ण गाउँपालिका, मालिका पनि कांग्रेसले गुमाएको छ ।

त्यसको सट्टा धवलागिरिमा चुनाव जितेको छ भने रघुगंगा गाउँपालिकामा साख जोगाएको छ ।

एमालेले मंगलामा साख जोगाउँदै गर्दा बेनी नगरपालिका, अन्नपूर्ण र मालिका आफ्नो पक्षमा पारेको छ ।

म्याग्दीमा पनि कांग्रेसले दुई पालिका गुमाउन पुग्यो ।

बागलुङमा भने गठबन्धनले १० मध्ये ९ पालिका आफ्नो पक्षमा पारेर एमालेलाई ढोरपाटन नगरपालिकाको प्रमुखमा सीमित पारेका छन् ।

०७४ मा काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका एमालेले जितेको थियो । गल्कोट र जैमिनी नगरपालिका, तमानखोला, निसिखोलामा कांग्रेस विजयी हुँदा बरेङ गाउँपालिका राष्ट्रिय जनमोर्चाले जितेको थियो । ताराखोला गाउँपालिका माओवादीले जितेको थियो ।

अहिले गठबन्धनका तर्फबाट कांग्रेसले यसअघि एमालेले नगरप्रमुख जितेको बागलुङ नगरपालिका, गाउँपालिका अध्यक्ष जितेको काठेखोला, बडिगाड गाउँपालिकामा जित हासिल गरेको छ ।

६ गाउँपालिकामध्ये काठेखोला गाउँपालिकामा कांग्रेसका राजु थापा, बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी थापा अधिकारी जिते । यस्तै, तमानखोला र निशिखोला गाउँपालिका पनि कांग्रेसकै पोल्टामा पर्‍यो । चार नगरपालिकामध्ये ढोरपाटनमा एमाले, जैमिनीमा राष्ट्रिय जनमोर्चाका उमेदवारले जित्दा कांग्रेसले गल्कोट र बागलुङ नगरपालिकामा जित हासिल गर्‍यो ।

ताराखोला गाउँपालिकामा माओवादी, बरेङ गाउँपालिकामा राजमोका उमेदवारले जिते ।

समग्रमा बागलुङमा ६ पालिकामा कांग्रेस, एक पालिकामा माओवादी र २ पालिकामा जनमोर्चाले जित्दा एमाले भने एक पालिकामा सीमित हुन पुग्यो । बागलुङमा यसपटक कांग्रेसले दुई पालिका थपेको छ ।

पर्वतमा भने अघिल्लोपटक तीन पालिकामा खुम्चिएको कांग्रेसले अहिले दुई पालिका थपेर पाँच पालिकामा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले जीतेको विहादी गाउँपालिका र फलेवास नगरपालिकासहित कांग्रेसले अघिल्लोपटक नै जितेका जलजला गाउँपालिका, कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका सुरक्षित राख्यो ।

पर्वतमा पनि कांग्रेसले दुई पालिका थप्यो । कास्कीमा अघिल्लोपटक अन्नपूर्ण गाउँपालिकामा जितेको कांग्रेसले अहिले त्यो पालिका गुमाएको छ । त्यसको सट्टा एमालेले जीतेको माछापुच्छ्रे र मादी गाउँपालिका आफ्नो पक्षमा पारेको छ । रूपा गाउँपालिका एमालेले जोगाउँदा पोखरा महानगरपालिकामा भने एकीकृत समाजवादीको अग्रता कायमै छ ।

कास्कीमा अहिले कांग्रेसले एक पालिका आफ्नो पक्षमा पार्न सफल रह्यो ।

स्याङ्जामा भने अघिल्लोपटक अर्जुचौपारी, चापाकोट, वालिङ र भीरकोट नगरपालिका जितेको कांग्रेसले आफ्नो गढ मानिएको वालिङ नगरपालिका गुमाउन पुग्यो । स्याङ्जाका ११ मध्ये चार पालिका जितेको कांग्रेसले अहिले पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिकामा जित हासिल गरेको छ । अर्जुनचौपारी, भीरकोट र चापाकोट नगरपालिका भने कांग्रेसले जोगाउन सकेन ।

बाँकी फेदिखोला, आँधीखोला, वालिङ, हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका चाहिँ एमालेले जितेको छ ।

स्याङ्जाबाट यसपटक कांग्रेसले एक पालिका आफ्नो पक्षमा थप्यो ।

दस पालिका रहेको तनहुँमा ०७४ मा कांग्रेसले ६ वटा पालिकामा जिते थियो । तीनवटा एमाले र बन्दिपुर गाउँपालिकामा माओवादी विजयी भएको थियो ।

आबुखैरेनी, ऋषिङ, भानु, व्यास, म्याग्दे र शुक्लागण्डकी नगरपालिका कांग्रेसले जित्दा देवघाट, भिमाद र घिरिङ गाउँपालिका एमालेले जितेको थियो ।

अहिले भने व्यास नगरपालिकामा कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।

बाँकी ९ पालिकामा कांग्रेस र एमालेले ४–४ पालिका जित्दा अघिल्लोपटक कांग्रेसले जितेको आबुखैरेनी गाउँपालिका चाहिँ माओवादीले जितेको छ । कांग्रेसले भानु, शुक्लागण्डकी, ऋषिङ र देवघाट नगरपालिका जितेको छ भने एमालेले भिमाद, म्याग्दे, घिरिङ र बन्दीपुर गाउँपालिका जितेको छ ।

यसपटकको चुनावमा चाहिँ कांग्रेसले व्यास जितेको खण्डमा पाँचवटा मात्रै पालिका आफ्नो पक्षमा पार्ने छ । तनहुँमा यसपटक एमालेले एक पालिका थप आफ्नो पक्षमा पार्न सफल रह्यो भने कांग्रेसले एक पालिका गुमायो ।

नार्पाभूमिमा कांग्रेसले जितेको छ भने चामेमा एमालेले अहिलेपनि जित हासिल गरेको छ । 

मनाङ ङिस्याङमा एमाले र नासो गाउँपालिकामा कांग्रेस उमेदवार विजयी भएका छन् ।

सातवटा पालिका गुमाएको कांग्रेसलाई सबैभन्दा बढी घाटा गोरखामा भएको छ ।

अघिल्लो स्थानीय तह चुनावमा कांग्रेसले गोरखाका ११ मध्ये अजीरकोट, आरुघाट, गण्डकी, गोरखा, चुमनुम्ब्री, धार्चे, पालुङटार, भीमसेन र सिरानचोक गरि ९ पालिका जितेको थियो ।

बारपाक सुलीकोट र शहिद लखन गाउँपालिकामा सीमित रहेको माओवादीले यसपटक कांग्रेसलाई नै २ सिटमा झारिदियो ।
आरुघाट र सिरानचोकबाहेकका सबै पालिका माओवादीले कांग्रेसबाट खोस्यो ।

गोरखामा मात्रै कांग्रेसलाई ७ पालिका घाटा लाग्यो ।

लमजुङमा दुधपोखरी र मध्यनेपाल नगरपालिका जितेको कांग्रेसले यसपटकको चुनावमा जितेका पालिका सुरक्षित राख्न सफल भयो भने सुन्दरबजार नगरपालिका र राइनास भने आफ्नो पक्षमा पार्न सफल रह्यो । बेँसीहर, क्होलासोँगर, दोर्दी र मस्र्याङदी गाउँपालिका भने एमालेले जित्यो ।

लमजुङबाट कांग्रेसले आफ्नो पक्षमा दुई पालिका थप्न सफल रह्यो ।

गण्डकीकै एकमात्र तराईको जिल्ला नवलपुरमा भने कांग्रेस नराम्रोसँग पछाडि परेको छ । ०७४ मा ८ मध्ये ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा सीमित हुन पुगेको छ ।

०७४ मा कावासोती र गैँडाकोट नगरपालिकाबाहेक देवचुली नगरपालिका, बुङदीकाली, बुलिङटार, मध्यविन्दु, विनयत्रिवेणी र हुप्सेकोट गाउँपालिका कांग्रेसले जितेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको गृहजिल्ला समेत रहेको नवलपुरमा अहिले भने कांग्रेसले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिका मात्र जित्न सफल रह्यो ।

बाँकी सबै पालिकामा एमालेले जित्दा कांग्रेस भने चार पालिका गुमाउन पुग्यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro