राँझा । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट उमेदवार बनेका युवा नेता पूर्ण आचार्य १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।
उपप्रमुखमा पनि कांग्रेसकै सङ्गीता सुवेदी विजयी भएको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनकाअनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरे । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट नगर प्रमुखको उमेदवार बनेका माओवादी केन्द्रका नरेन्द्र न्यौपानले नौ हजार ७२५ मत प्राप्त गरे ।
पन्ध्र वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नम्बर २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौवटा वडा जितेको छ । एमालेले वडा नम्बर ३, ५, ७ र ११ नम्बर वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नम्र १ र ९ मा जित हासिल गरेको छ । रासस