राजनीति
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले २५ हजार मत कटाएका छन् ।
बालेनले २५,४२७ मत पाएर अग्रता कायमै राखेका छन् । बालेनका प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापितले १३,४९९ मत पाएका छन् । त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १२, ८४२ मत पाएकी छन् ।
अहिलेसम्म ६७,२६१ मतगणना भइसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ६, २०७९ ०१:०४
प्रतिक्रिया दिनुहोस्