राजनीति
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । अध्यक्षमा ध्रुवनारायण चौधरी दोहोरिएका छन् ।
कांग्रेसका चौधरी पाँच हजार ३८६ मत ल्याउँदै अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार राम अधारे अहिरले चार हजार ९८८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उपाध्यक्षमा लोसपाकी नर्वदादेवी उपाध्याय चार हजार ९४२ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारादेवी यादवले चार हजार ८८९ मत पाइन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९ ०८:३८
प्रतिक्रिया दिनुहोस्