site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिलोत्तमामा मतगणनामा विवाद : सुरु गर्न सर्वदलीय बैठक जारी

बुटवल ।  रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा कर्मचारीले धाँधली गरेको भन्दै विवाद भएपछि रोकिएको मतगणना सुचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ । 

मत परिणाम प्रविष्ट गर्दा निर्वाचन आयोगका कर्मचारीले नेपाली कांग्रेसको १४१ मत हुनुपर्नेमा ११४ र नेकपा (एमाले)को २५९ मत हुनुपर्नेमा २९६ रेकर्डमा चढाएका थिए । त्यसपछि कांग्रेस प्रतिनिधिले विरोध गरेका थिए । विरोधका बिच रोकिएको मतगणना सुचारु गर्नको लागि सर्वदलीय बैठक बसेको नेपाली कांग्रेस रूपन्देही सदस्य कमला पाण्डेले जानकारी दिइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः मतगणनाको माग गरेका छन् भने नेकपा एमालेले निर्वाचित भइसकेका वडाहरुको पुन: गणना गर्न नसकिने बताएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी रहेका छन् । 

निर्वाचन आयोगले पनि मतगणनाको रेकर्ड राख्दा त्रुटि भएको स्वीकार गरिसकेको छ ।

तिलोत्तमाका निर्वाचन अधिकृत माधव लोहनीले कर्मचारीबाट त्रुटि भएको भन्दै कर्मचारीलाई कारवाही गरिने बताएका छन् । 

यसैबीच, आयोगले विज्ञप्ति जारी गरेर मतगणनामा खटिएका कर्मचारीलाई गणनाको हस्ताक्षर गरेर मात्र कम्प्युटरमा विवरण प्रविष्ट गर्न निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro