जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका राजकुमार साह दुई हजार २६२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार जीवेन्द्र झाले दुई हजार १६३ मत पाए ।
यस्तै, नेकपा (एमाले)का उमेदवार रामबाबु साहले एक हजार ४९५ र नेकपा (एकीकृत समाजवादी)का उमदेवार राजकुमार यादवले एक हजार २८९ मत ल्याएका छन् ।
उपाध्यक्षमा कांग्रेसकी रामवतीदेवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी उमेदवार रन्जितादेवी मण्डलले एक हजार ९०१ मत पाइन् ।
यस्तै, एमालेकी रुवदा खातुनले एक हजार ६५९ र एकीकृत समाजवादीकी निर्मला देवीले एक हजार १२० मत ल्याएका छन् ।