site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भरतपुरमा जगन्नाथले ल्याए एउटै वडाबाट १,२१६ मत : माओवादी वृत्तमा चिन्ता
Siddhartha BankSiddhartha Bank

चितवन । चितवनको भरतपुर महानगरपालिको प्रमुख पदका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलको मत संख्या निरन्तर बढ्दो छ । उनले एउटै वडाबाट एक हजार २१६ मत ल्याएका छन् । एउटै वडाबाट उनले ल्याएकोे यो सर्वाधिक मत हो ।

सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमदेवार रेनु दाहाल, नेकपा (एमाले)का उमेदवार विजय सुवेदी, पौडेललगायत प्रमुख पदका लागि प्रतिस्पर्धामा छन् ।

Agni Group
NIC Asia

भुइँकटहर चुनाव चिह्न पाएका पौडेलले वडा नम्बर–१ मा ४३०, २ मा ४९४ र वडा–३ मा ६४८ मत ल्याएका थिए । वडा नम्बर–४ मा भने उनले एक हजार २१६ मत पाएका छन् ।

पौडेलको गृहवडाको मतगणना हुन बाँकी छ । यसबाहेक वडा नम्बर–७, ६, १४ र १५ मा पौडेलको बलियो प्रभाव रहेको बताइएको छ ।

Global Ime bank

पौडेलको मत बढ्दा माओवादी वृत्तमा चिन्ता थपिँदै गएको देखिन्छ । पौडेललाई मत आउँदा त्यसको असर दाहालको मतमा पर्ने विश्लेषण हुँदै आएको छ ।

१७ हजार २६६ मत गन्दा दाहालले पाँच हजार ७१८ मत पाएकी छन् । सुवेदीले पाँच हजार ६८९ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार पौडेलले दुई हजार ७८८ मत प्राप्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu