मुम्बई । बलिउड अभिनेता अक्षय कुमार दोस्रोपटक कोभिड–१९ को चपेटामा परेका छन् । उनको कोरोना पोजेटिभ रिर्पोट शनिबार आएको हो । यो खबरसँगै अक्षय २०२२ को कान्स फिल्म फेस्टिबलमा सरिक हुन नपाउने भएका छन् ।
“कान्स २०२२ को इन्डियन पभेलियनमा हाम्रो चलचित्र हेर्न निकै उत्सुक थिएँ, तर अफसोसवस कोभिड पोजेटिभ आएको छ । अब आराम गर्नेछु । अनुराग ठाकुर र तिम्रो टिमलाई धेरैधेरै शुभकामना । साँच्चै त्यो क्षण मिस गर्नेछु” शनिबार यसबारे जानकारी दिँदै ट्विटरमा अक्षयले लेखेका छन् ।
यसका साथै ७५औँ कान्समा अभिनेता अक्षय ओपनिङ दिनमा रेड कार्पेटमा सहभागी हुने तालिका पनि थियो । उनी बाँकी भारतीय सेलिब्रेटीहरू शेखर कपूर, पूजा हेगडे र एआर रहेमानसँग रेड कार्पेटमा सहभागी हुने पनि तयारी थियो ।
अभिनेता अक्षय कुमार पहिलोपटक सन् २०२१ अप्रिलमा ‘राम सेतु’ को छायांकनको क्रममा कोभिड पोजेटिभ भएका थिए । इन्डिया टुडे