राजनीति
काठमाडौं । रामेछापको खाँणादेवी गाउँपालिकाको राकाथुममा स्थगित भएको मतदान सुरु हुन सकेको छैन । झडपका कारण स्थगित भएको मतदान प्रक्रिया राजनीतिक दलहरुबीच सहमति जुट्न नसक्दा पुनः सुरु हुन नसकेको हो ।
प्रमुख निर्वाचन अधिकृत दिवाकर भट्टका अनुसार खाँणादेवी–१को राकाथममा थप सुरक्षा फोर्स पठाइएको छ । राकाथम मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको थियो ।
झडपका कारण स्थगित भएको मतदान सुरु गराउन सकिने नसकिने विषयमा कुरा भइरहेको प्रमुख निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १४:२२
प्रतिक्रिया दिनुहोस्