राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले मतदान गरेका छन् । गुरुङ्ले शुक्रबार गृह जिल्ला स्याङ्जाबाट मतदान गरेका हुन् । उनले अर्जुनचौपारी गाउँपालिका रानीचरी आधारभूत विद्यालय खाल्टेबाट मतदान गरेका हुन् ।
उनले बिहान ७ बजे मतदान गरेका हुन् । मतदान गर्दै उपसभापति भगुरुङ्ले मतदान नै समृद्धिको आधार भएको प्रतिकृया दिए ।
“देशर शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न होस् भन्ने कामना गर्दछु,” उनले भने,“हाम्रो मत समृद्धिको आधार बन्न सकोस्।”
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०८:३०
प्रतिक्रिया दिनुहोस्