site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
काठमाडौंमा माओवादीबाट वडाध्यक्षको उमेदवार बनेका तीन एमालेमा प्रवेश 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्षको उमेदवार बनेका तीनजना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ र १५ को वडाध्यक्ष पदको उमेदवार बनेका व्यक्ति एमालेमा प्रवेश गरेका थिए । आज फेरि माओवादी केन्द्रबाटै काठमाडौं–२४ का वडाध्यक्षको उमेदवार बनेका राजेन्द्र श्रेष्ठ एमालेमा प्रवेश गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीसहित माओवादी परित्याग गरेका २४ जनालाई एमाले काठमाडौं जिल्ला सचिव राजेश शाक्यले टीका लगाएर पार्टीमा स्वागत गरे । पार्टी प्रवेशपछि श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा आफ्नो सन्तानलाई जिताउनेबाहेक अरू कार्यकर्ताको संरक्षणमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाए ।

यसअघि, माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ को वडाध्यक्षको उमेदवार बनेका रामशरण डंगोल र काठमाडौं–१५ को वडाध्यक्षको उमेदवार बनेका रत्नकाजी महर्जन एमाले प्रवेश गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय