site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केशव स्थापितले घरदैलोमा पुगेर भने–प्रतिस्पर्धी नै छैन, मतदाताको सहभागिताले जितेजस्तो लागिसक्यो 
फाइल फाेटाे ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उमेदवार केशव स्थापितले शनिबार भित्री सहरका ११ वडामा एकै पटक पदयात्रा तय गरे । 

भित्री सहरका १२, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी ११ वटा वडामा एमालेको तर्फबाट स्थापित र उपमेयरकी उमेदवार सुनिता डंगोलको घरदैलो कार्यक्रम अगाडि बढ्यो । मतदाताको घर–दैलोमा पुगेका उनले आफ्नो प्रतिस्पर्धी नै नभएको भन्दै जितेजस्तो अनुभव भएको बताए । 

यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा कसले बाजी मार्ला भन्ने ‘विशेष चर्चा’ चलिरहेको छ । चुनावलाई लक्षित गर्दै उमेदवारहरूले गरेको घरदैलो कार्यक्रममा आफूले नै जित्ने दाबी गरिरहेका छन् ।

Agni Group
NIC Asia

मतदाताले घर–घर, चोक–चोक र गल्ली–गल्लीमा पदयत्रामा विभिन्न उमेदवारलाई स्वागत र विजयीको शुभकामना दिइरहेका छन् ।

जैशीदेवल नजिकै स्थापितकाे टाेली पुग्दा ७५ वर्षीया मोतिदेवी महर्जनले मेयर–उपमेयर पदका उम्मेदवारलाई एकछिन रोकेर सगुनसहित जितको शुभकामना दिइन् । माेतिदेवीलगायत स्थानीयले अण्डा, माछा, ऐलासहित नेवारी सगुन दिएर गरेकाे स्वागत स्वीकार्दै स्थापितले प्यालामा प्रसाद ग्रहण गरे । त्यसपछि स्थापितले भने, ‘‘हजुरको हातबाट सगुन खायौँ अब जित सुनिश्चित भयो ।” 

Global Ime bank

एमाले उपमेयरकी उमेदवार डंगोलले पनि मतदाताहरूसँग आफूहरूको जित सुनिश्चित भएको बताइन् । ‘‘म वडा–२१ कै मतदाता हुँ, यहाँका मतदाताले देखाएको अपार स्नेह र सद्भावले हामी थप उत्साहित भएका छौँ,” डंगोलले भनिन्, “हाम्रो जित सुनिश्ति छ ।” 

स्थापित र डंगोलसँग वडाका उमेदवार पनि सहभागी थिए । उनीहरूले पनि पुरानो र रैथाने नेवार बस्तीको उत्साहजनक सहभागिता भएको भन्दै जित सुनिश्चित भएको दोहोर्याए । 

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए । 

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धन, एमालेलगायत पार्टी र स्वतन्त्र उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंह मैदानमा छन् । राप्रपाले मदनदास श्रेष्ठलाई मेयर उमेदवार बनाएको छ । महानगर हाँक्नका लागि विवेकशील साझाकी उमेदवार समीक्षा बास्कोट र स्वतन्त्रको तर्फबाट बालेन शाह पनि लागिपरेका छन् । मेयर पदका लागि ५६ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, उपमेयर पदका लागि एमालेकी डंगोलसहित, गठबन्धनको तर्फबाट रामेश्वर श्रेष्ठ, राप्रपाबाट विनिता मगैया र विवेकशील साझाबाट कीर्ति (कंसाकार) तुलाधरलगायत ३३ जना प्रतिस्पर्धामा छन् ।  २२१ जनाले वडाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय