site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गृहमन्त्री लामिछानेको निलम्बन मागिएको रिटको पेसी बिहीबार
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन मागिएको रिट बुधबार स्थगित भएको थियो । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल संवैधानिक इजलासमा बस्ने भएपछि स्थगित भएको हो । मंगलबार हेर्दा हेर्दैमा परेर बुधबारको पेसी तोकिएको थियो । 

बिहीबारलाई पेसी तोकिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द्र घिमिरेले जानकारी दिए । यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय मल्ल र शारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता हेर्दा हेर्दैमा राखिएको छ । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा बिहीबार जवाफी बहस मात्र हुनेछ । 

मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जवाफी बहस भएको थियो । अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि निलम्बन हुने नहुने आदेश हुनेछ । 

सहकारी ठगीमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिनचिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । 

जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो । यसअघि सर्वोच्चको आदेशबाटै कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाइसकिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro