काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुवँरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कुवँरले नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए ।
बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव सम्हालेका कुँवरले सन् १९८६ देखि तत्कालीन ग्रिन्डलेज (हाल स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । त्यसपछि नेपाल बैंकर सिटिजन्स बैंक इन्टरनेसनल, तत्कालीन बैंक अफ एसया, जनता बैंक र ग्लोबल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरेका थिए ।