site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
साहित्य
Global Ime bankGlobal Ime bank
हलिउड कलाकारलाई उछिन्दै इन्स्टाग्रामको छैटौं स्थानमा आलिया 
SkywellSkywell
Dabur Nepal
NIC Asia

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट सफलताको नयाँ उचाइ चुम्दै गर्दा विश्वव्यापी प्रभुत्वको बाटोमा लम्किदै छिन् । ‘ग्याल गडोट’मार्फत हलिउडमा देब्यू गर्ने तयारीमा रहेकी आलिया इन्स्टाग्रामको विश्वका शीर्ष सेलिब्रिटीको सूचीमा छैटौं स्थानमा परेकी छन् । 

इन्फ्लुयन्सर मार्केटिङ हबका अनुसार हलिउड कलाकारहरु जेनिफर लोपेज, क्रिस हेम्सवर्थ, रोबर्ट डाउनी जुनियरलाई पनि उछिन्दै उत्कृष्ट ६ मा पर्न सफल बनेकी हुन् ।
 
यस सूचीको पहिलो स्थानमा हलिउड अभिनेत्री जेन्डेया छिन् । सूचीको दोस्रो स्थानमा उनकै प्रेमी तथा अभिनेता टम हल्यान्ड छन् । तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः ड्वेन जोन्सन, दक्षिण कोरियाली ¥यापर जे होप र विल स्मिथ छन् । 

इन्स्टाग्राममा ६४.२ मिलियन फलोअर्स भएकी आलियालाई अन्तर्राष्ट्रिय ब्राण्ड र व्यवसायीहरुले पनि फलो गरेका छन् । यो सूचीमा बलिउड कालकारबाट आलियाका साथै प्रियंका चोपडा, अक्षय कुमार, श्रद्धा कपुर र रश्मिका मन्दना पनि परेका छन् । उनीहरु क्रमशः १३, १४, १८ र १९ औं स्थानमा छन् ।
 
हालै अभिनेता रणवीर कपुरसँगको विवाहका तस्बिरहरू इन्टाग्राममा सेयर गरेर चर्चा पाएकी उनको विवाहमा लगाएको न्युड लिप्स्टिक विभिन्न कसमेटिक्स पसल अनि अनलाइन व्यवसायीहरुले बिक्री गरिरहेको बताइएको छ । पिंकभिल्ला
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro