site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गुजरातको रोमाञ्चक जित, पुनः शीर्ष स्थानमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । रसिद खानले अन्तिम चार बलमा तीन छक्का प्रहार गरेपछि गुजरात टाइटन्सले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादमाथि ५ विकेटको रोमाञ्चक विजय हासिल गरेको छ । 

गुजरातलाई जितका लािग अन्तिम ओभरमा २२ रनको आवश्यकता थियो । क्रिजमा थिए, रसिद खान र राहुल टेबाटिया । खानले ७ बलमा १३ रन बनाएका थिए भने टेवाटियाले १९ बलमा ३३ रन बनाएका थिए । हैदरावादका कप्तान केन विलियम्सनले अन्तिम ओभरका लागि मार्को जनसेनलाई बोलाए । 

Agni Group
NIC Asia

अन्तिम ओभरमा जनसेनको पहिलो बलमै टेवाटियाले छक्का प्रहार गरे । दोस्रो बलमा टेवाटियाले एक रनमात्र लिन सके । त्यसपछि स्ट्राइकमा रसिद खान आए । तेस्रो बलको सामना गर्दा रसिदले छक्का हाने । चौथो बल डट खेले । त्यसपछि खानले लगातार दुई छक्का हानेपछि गुजरातले १९६ रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गर्यो । 

त्यसअघि मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको हैदरवादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । 

Global Ime bank

जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात पुनः शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंक जोडेको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । हैदरावाद तेस्रो स्थानमा छ । हैदरावादको १० अंक छ । लखनउ सुपर जायन्ट र रोयल च्यालेन्जर्स बैंगलोरको पनि १० अंक नै छ । 

हैदरावादका लागि ओपनर अभिशेक शर्माले ६५, एइडेन मारक्रमले ५६, शशांक सिंहले २५ र राहुल त्रिपाठीले १६ रन बनाए । गुजरातका मोहम्मद शामीले तीन विकेट लिए । यस दयाल र अल्जारी जोसेफले एक एक विकेट लिए । 

गुजरातका रसिद खानले ११ बलमा ४ छक्कासहित अविजित ३१ रन बनाए । टेवाटियाले २१ बलमा चार चौका र दुई छक्कासहित अविजित ४० रन बनाए । त्यसअघि ओपनर ऋदिमन शाहले ३८ बलमा ११ चौका र एक छक्कासहित ६८ रन बनाए । शुबमन गिलले २२, डेविड मिल्नरले १७ र कप्तान हार्दिक पाण्डेयले १० रन बनाए । 

हैदरावादका उमरान मलिकले पाँच विकेट लिए । उनले चार ओभरमा २५ रन दिएर पाँच विकेट लिएका हुन् । जारी सिजन एकै इनिङ्समा पाँच विकेट लिने मलिक दोस्रो खेलाडी बने । यसअघि राजस्थान रोयल्सका युजभेन्द्र चाहलले पाँच विकेट लिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu