site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मताधिकारबाट वञ्चित नगर्न तेस्रोलिंगीको आग्रह

नेपालगञ्ज । यौनिक तथा अल्पसङ्ख्यक, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, मुस्लिम तथा मधेसी संवाद समूहले आसन्न स्थानीय तहको निर्वाचनमा मताधिकारबाट वञ्चित नगर्न आग्रह गरेको छ । 

 सोमबार यहाँ आयोजना गरेको संवादमा निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय र अर्थपूर्ण सहभागितासहित सफल बनाउन समन्वय र सहकार्य आवश्यक भएकोमा जोडसमेत दिइएको छ । 

Dabur Nepal

यौनिक तथा अल्पसङ्ख्यक शीला गुरुङले बाँकेमा तेस्रो लिंगीको सङ्ख्या ५०० भन्दा बढी रहे पनि पहिचानसहितको नागरिकता नभएका कारण महिला या पुरुषकै लाइनमा लागेर मतदान गर्नुपर्ने अवस्था रहेको बताइन् । 

लोपोन्मुख समुदायका सब्बिर किङ्घरियाले सीमान्तकृत समुदायमा मतदाता शिक्षा नपुगेको जनाउँदै मतको महत्वबारे पनि प्रकाश पार्न आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय अपाङ्ग महासङ्घका सचिव भावुकजङ्ग थापाले अपागङ्ता भएका व्यक्तिका लागि विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिनुपर्ने सुझाव दिए ।  

अधिकारकर्मी प्रकाश उपाध्यायले मतदाता शिक्षा प्रभावकारी हुन नसकेको जनाउँदै मतदान गर्ने लाइन, खानेपानी, शौचालयलगायतमा विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औँल्याए । 

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्कर रावलले अपाङ्ग, ज्येष्ठ नागरिकलगायतका सबै मतदातालाई सुरक्षित मतदान गर्ने अधिकार सुनिश्चिता गरिनुपर्नेमा जोड दिए । 

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माले मतदानमा सुरक्षा थ्रेट नरहेको, मतदान केन्द्रको नियमित स्थलगत अवलोकनसँगै सुरक्षा विश्लेषणसहितको तयारी रहेको जानकारी दिए ।  

मतदान केन्द्रलाई मतदातामैत्री बनाउन आवश्यक समन्वय, संवाद र सहकार्यका लागि सहभागीले प्रतिबद्धता जनाएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १३, २०७९  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro