site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशसभा बैठक : चार विधेयक प्रस्तुत

काठमाडौं । वाग्मती प्रदेशसभाको बुधबारको बैठकमा  विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सौद्धान्तिक पक्षमा छलफल सुरु भएको छ ।

सो बैठकमा वाग्मती प्रदेशको स्वास्थ्य तथा जनसंख्यमन्त्री किरण थापामगरको तर्फबाट श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका थिए ।

Argakhachi Cement Island Ad

यसैगरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरे । यस्तै, उद्योग, भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रोदशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरिन् ।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको कार्यालयबाट सन्देशसहित फिर्ता आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेस गरे ।

 

 

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्