काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९, घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा समितिका संयोजक महामन्त्री गगनकुमार थापाले ‘नेपाली कांग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा प्रस्तुत गरे ।
मस्यौदामा बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यबाट प्राप्त सुझाव र केन्द्रीय कार्यसमितिका सदस्य समेतबाट आगामी वैशाख २ गतेभित्र प्राप्त हुने सुझावलाई समाविष्ट गरेर तयारी समितिले अन्तिम रूप दिने गरी पारित गरिएको छ ।
यसैगरी बैठकले नयाँ वर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।