site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काष्ठमण्डप विवाद : काठमाडौंका मेयरसहित चारजनालाई ७ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले दिएको आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा सर्वोच्चले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित चारजनालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्या शुन्दर शाक्य, पुरातत्व विभागको महानिर्देशक दामोदर गौतम र हनुमानढोका हेरचाह अड्डाका कार्यकारी प्रमुख सन्दिप खनाललाई सात दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

Agni Group
NIC Asia

पुराना हटाएर नयाँ मूर्ति राख्दा  धार्मिक आस्था घट्ने र विश्व सम्पदाको अस्तित्व संकटमा पर्ने भन्दै अधिवक्ता सञ्जय अधिकारीले गएको पुस २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटको सुनुवाइ गर्दै गत माघ ३ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले ऐतिहासिक, धार्मिक, सांस्कृतिक एव पुरातात्विक महत्व रहेका मूर्तिहरू विस्थापित गर्नेलगायत काम  नगरी प्रस्तुत रिट निवेदन अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सोही समयदेखि काष्ठमण्डप पुनर्निर्माण समितिले सर्वोच्चको आदेशलाई बेवास्ता गर्दै आएको थियो । विवादकैबीच काठमण्डप उद्घाटनको मिति तय गरिएको थियो । त्यसपछि अधिकारीले पुन: सर्वोच्चको अन्तरिम आदेशको अवहेलना गरको भन्दै मुद्दा दर्ता गराएका थिए ।

Global Ime bank

अवहेलना मुद्दा दर्ता भएको पछिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu