अर्थ व्यवसाय
काठमाडौं । १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९ हुने भएको छ । आगामी २०७९ जेठ १९ देखि २३ गतेसम्म प्रदर्शनी हुन लागेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको हो ।
मेड इन नेपाल अभियानको रूपमा स्वदेशी उत्पादनको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो ।
महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा प्रदर्शनी आयोजक समिति गठन गरी तयारीको काम सुरु भइसकेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८ १९:२०
प्रतिक्रिया दिनुहोस्