site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चितवनमा बन्यो गठबन्धन आवद्ध दलको संयुक्त संयन्त्र : सबै पालिकामा कांग्रेसको नेतृत्वमा कार्यदल 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चितवनमा संयुक्त गठबन्धन आवद्ध दलको बैठकले पालिकास्तरीय कार्यदल बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा आएतबार बसेको गठबन्धन आवद्ध दलको बैठकले पालिकामा पनि कांग्रेसकै पालिकासभापतिको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । 

“०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा, चितवन जिल्लास्थित गठबन्धनमा रहेका दलहरुको जिल्ला स्तरीय संयन्त्रको बैठक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसी निम्न निर्णयहरु गरियो,” संयन्त्रको निर्णयमा भनिएको छ, “आसन्न ०७९ वैसाख ३० गते सम्पन्न हुने स्थनीय तहको निर्वाचनमा केन्द्रीय गठबन्धनमा रहेका चितवनमा क्रियाशील राजनीतिक पार्टीका नेतृत्वबीच संयुक्त बैठक बसी जिल्लास्थित ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गरी जाने निर्णय गरियो ।” 

Agni Group
NIC Asia

निर्णयको दोस्रो बुँदामा जिल्लास्थित ७ वटै पालिकामा चुनावी तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरी छलफल प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै सबै पालिकामा संयुक्त संयन्त्रको संयोजन नेपाली कांग्रेसको पालिका सभापतिले गर्ने उल्लेख छ ।
 
“गठबन्धन सहभागी दलहरुका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो,” संयन्त्रको निर्णयमा भनिएको छ, “आसन्न स्थानीय चुनावमा केन्द्रीय परिपत्र अनुसार दलगत बस्तुस्थितिबारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गर्ने निर्णय गरियो ।”

No description available.

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu