site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमेच्योर सुभाषले जित वेस्टर्न ओपन गल्फको उपाधि

काठमाडौं । एमेच्योर सुभाष तामाङले शुक्रबार सूर्य नेपाल वेस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ सिजनको पाँचौँ इभेन्टमा प्रो गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले उपाधि जितेका हुन् । 

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दुई स्वर्ण पदक जित्न सफल सुभाषले पहिलो पटक सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् । सुभाषको यो दोस्रो टुर इभेन्ट उपाधि हो । यसअघि उनले सन् २०१९ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।

पोखरको हिमालयन गल्फ कोर्समा सुभाषले अन्तिम दिन १ ओभर ६९ स्कोरसहित समग्रमा इभन पार २०४ स्कोर जोडेका थिए । यससँगै उनले एमेच्योर र समग्रमा टुरसहित दुई उपाधि उचाले ।

दोस्रो भएका जयरामले तेस्रो दिन ४ ओभर ७२ स्कोरसहित समग्रमा ४ ओभर २०८ स्कोर बनाए । समग्रमा दोस्रो भएका जयरामले प्रो खेलाडीतर्फ भने पहिलो हुँदै १ लाख ३५ हजार रुपैयाँ हासिल गरे । समग्रमा तेस्रो स्थान हासिल गर्ने क्रममा धनबहादुर थापा, निरज तामाङ र रामे मगरले ७ ओभर २११ स्कोरसहित जनही ६८ हजार ८३३ रुपैयाँ नगद पुरस्कार जिते ।

स्थानीय एमेच्योर अजित विक समग्रमा छैटौँ तथा एमेच्योरमा दोस्रो भए । उनले तेस्रो दिन ३ ओभर ७१ सहित ९ ओभर २१३ स्कोर जोडे । सातौँ स्थानका संजय लामाले १० ओभर २१४ स्कोर जोड्दै ४५ हजार रुपैयाँ नगद पाए । आठौँ भएका भुवन नगरकोटी (२१५) ले ४० हजार, नवौं स्थान हासिल गरेका दिनेश प्रजापति (२१९)ले ३६ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योर सुरेश तामाङ (२२१) दसौँ भए । प्रतियोगितामा शीर्ष २१ प्रो खेलाडीले नगद पुरस्कार प्राप्त गरेका छन् ।

सुभाषले उपाधि जित्ने क्रममा फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ को प्रदर्शन गरे । पहिलो दिन २ अन्डर ६६ जोडेका उनले पछिल्ला दुवै दिन १ ओभर ६९ स्कोर बनाए । फ्रन्ट नाइनको पहिलो, छैटौँ र सातौँ होलमा बोगी खेपेका उनले नवौँ होलमा बर्डी लेखाए । ब्याक नाइनमा १४औँ र १८औँ होलमा बर्डी खेलेका सुभाषले १६औँ होलमा भने बोगी खेपेका थिए ।

जयरामले फ्रन्ट नाइनमा ३ ओभर ३६ स्कोर जोडेपछि उपाधिबाट टाढा हुनुपरेको थियो । दोस्रो, तेस्रो र छैटौँ होलमा बोगी तथा सातौँमा डबल बोगी खेपेका जयरामले पाँचौ र आठौँमा बर्डी लेखाएका थिए । ब्याक नाइनमा उनले १ ओभर ३६ स्कोर जोडे ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता चौत १६ देखि सुरु भएको थियो । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता थियो । इभेन्टको अन्तिम दिन शनिबार प्रो–एम इभेन्ट हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  १९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro