site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री कप महिला भलिबल : हरियाणा र न्यू डायमन्डको जित

काठमाडौं । न्यू डायमन्ड एकेडेमी र भारतीय टिम हरियाणा स्पोर्ट्स क्लबले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा विजय हासिल गरेका छन् । 

नेपालगन्ज रंगशालाको कभर्डहलमा हरियाणाले नेपाल पुलिस क्लबलाई  ३–२ सेटले पराजित गरेको हो । हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६, १५–१३ को स्कोरमा हराएको हो । पुलिसकी कोपिला राना प्लेयर अफ दी म्याच घोषित भइन् । 

पहिले लगातार दुई सेट हारे पनि हरियाणाले बाँकी तीन सेट जित्न सफल भएको हो । पुलिसका प्रशिक्षक रूपेश बिष्टले हारे पनि खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । 

त्यसैगरी दोस्रो खेलमा न्यू डायमन्डले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स(छत्तीसगढ)लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु डायमन्डले २५–१२, २५–८, २५–५ को स्कोरमा विजय हासिल गरेको हो । 

लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन शनिबार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेडविरुद्ध हरियाणा स्पोर्ट्स क्लब तथा त्रिभुवन आर्मी क्लबविरुद्ध एकलब्य स्पोर्ट्स कम्प्लेक्सले प्रतिस्पर्धा गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २१:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro