site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ऊर्जामन्त्री–नर्वे राजदूत भेट, प्रसारणलाइन निर्माणमा भएको ढिलाइबारे चासो

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयले जनाएको छ ।

मन्त्री भुसालले नेपालका लागि नर्वे भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै शान्ति प्रक्रिया तथा संविधान लेखन प्रक्रियामा पनि नर्वे सरकारको सकारात्मक सहयोग प्राप्त भएको स्मरण गरिन् । उनले ऊर्जा विकास, सामाजिक विकास, शैक्षिक गुुणस्तर सुधार तथा जलवायु परिवर्तनका क्षेत्रमा नर्वेले गरेको सहयोगको सराहना गर्दै आगामी दिनमा आपसी चासो र विकासका विषयमा सहकार्य गरेर अगाडि बढ्न नेपाल सरकार इच्छुक रहेको बताइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्री भुसालले आफूले मन्त्रालय सम्हालेपछि गुणस्तरीय ऊर्जा उपलब्ध गराउन निरन्तर लागिपरेको तथा सबस्टेसन र प्रसारणलाइन निर्माणलाई विशेष जोड दिएको बताइन् ।

जलवायु परिवर्तनका कारण नेपालले नयाँ–नयाँ चुनौती झेल्नुपरेको भन्दै उनले भनिन्, “जलवायु परिवर्तनका कारण नेपालमा बेमौसमी वर्षा हुने, त्यसले जनधनको क्षति बढाउँदै लगेको छ । त्यस्ता जोखिम न्यूनीकरणका लागि नर्वे सरकारसँग मिलेर काम गर्न चाहन्छौँ ।”

राजदूत ड्रम्डालले नेपालको ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको भन्दै नवीकरणीय ऊर्जा र जलविद्युत्को विकासमा सहकार्य गर्ने बताइन् । उनले जलविद्युत्को क्षेत्रमा नेपालसँग लामो सहकार्य रहेको उल्लेख गर्दै नौ करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्रमा लगानी रहेको बताइन् । उनले प्रसारणलाइन निर्माणमा भएको ढिलाइबारे चासो व्यक्त गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro