site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी चितवनमा सुरु
SkywellSkywell

काठमाडौ । पाँचौँ राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०७८ चितवनमा सुरु भएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै संघीय कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषिलाई सम्मानजनक पेसाका रूपमा विकास गर्नुपर्ने आवश्यक भएको बताए । कृषि क्षेत्रमा युवाको आकर्षण, नाफामूलक र प्रतिष्ठित व्यवसाय बनाउनुपर्नेमा उनले जोड दिए ।

“उत्पादन लागत, बजार पहुँचको विस्तार, गुणस्तरीय र सम्मानजनक व्यवसायका रूपमा अगाडि बढाउन कृषि यान्त्रिकीकरण आवश्यक छ,” उनले भने, “कृषि कर्जा र यान्त्रिकीकरण सबै किसानमा पुर्‍याउन सकिएको छैन । जुन समस्याको रूपमा रहेको छ ।”

Dabur Nepal
NIC Asia

नेपालका लागि इजरायली राजदूत हनान गोधारले कृषिलाई शाखाका रूपमा भन्दा पनि प्रोफेसन र बिजनेसका रूपमा लिनुपर्ने बताए । “७० वर्षको मात्रै इतिहास बोकेको इजरायल कृषिमा उत्कृष्ट देश हो । यहाँको २ प्रतिशत मात्रै जनसंख्या कृषिमा आबद्ध हुँदा पनि उत्पादकत्व धेरै छ,  किनकि कृषिमा इजरायलले आधुनिक प्रविधि प्रयोग गरेको छ”, उनले भने, “आर्थिक विकासको साँचो आधुनिक कृषि हो । परम्परागत कृषिलाई परिमार्जन गर्नुपर्छ ।”

कार्यक्रम नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नेपालको कृषि र कृषिको फाइनान्सिङ मोडल नै परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले विगत जस्तो रहे पनि नबिल बैंक आज पनि र भोलि पनि किसानसँगसँगै रहने प्रतिबद्धता जनाए ।

“बैंकले किसानलाई पैसा नै नदिएको भन्ने सधैँ सुनिन्छ, तर बैंकले किसानलाई पैसा नदिएर उत्पादन नबढेको जस्तो लाग्दैन” उनले भने, “कृषिको आधुनिकीकरण र विकासको लागि नेपालको कृषि र कृषिको फाइनान्सिङ मोडल नै परिमार्जन गर्नुपर्छ ।”

कृषि पूर्वाधार तथा कृषि यान्त्रिकीकरण केन्द्रका महानिर्देशक महेन्द्रनाथ पौडेलले कृषि यान्त्रिकीकरण र कर्जालाई एकीकृत रूपमा लैजान सके कृषिको विकास र सफलता हासिल हुने बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कार्यक्रम निर्देशक हस्त विष्टले यान्त्रिकीकरणको माध्यमबाट श्रमको लागत घटाई उत्पादन लागत घटाएर नाफामूलक बनाउनुपर्ने बताए ।

“उत्पादनका मुख्य साधन श्रम र कर्जा हुन् । उत्पादनको मुख्य हिस्सा श्रमले ओगटेको हुन्छ । यान्त्रिकीकरण गर्न सके श्रमको लागत घट्छ र उत्पादन लागत पनि घट्न जान्छ,” उनले भने, “जसले कृषिलाई व्यावसायीकरण गर्न सकिन्छ ।”

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले कृषिको व्यावसायिकता, बजारको विकास, प्रविधि र वित्तीय क्षेत्रसँग जोड्न बहस र छलफलको माध्यमबाट सुधार गर्ने अवसर आएको बताए । उनले एक्सिस टु फाइनान्स, क्यापसिटी बिल्डिङ, र यान्त्रिकीकरणको कुरा गरिरहेको भए पनि अब त्यसको अवसर र समय आएको बताए । विगतमा देशको पूर्वदेखि पश्चिमसम्म केही न केहीको स्पेसिफिक क्षेत्र रहेको भन्दै अहिले त्यो अवस्थाबाट विचलन हुनु नै समस्या भएको बताए ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषिको लागत बढेर नाफामुखी हुन नसकेका कारण नै कृषि व्यावसायीकरण हुन नसकेको बताए । कृषिको महत्त्वपूर्ण औजार श्रमको लागत कम गर्दै उत्पादन लागत घटाएर नाफामुखी बनाउन यान्त्रिकीकरण आवश्यक छ” उनले भने, “कृषि औजार आयात गरिरहेका छौँ । नेपालमा नै उत्पादन गर्ने योजना अगाडि बढाउनुपर्छ, आयातित कृषि औजार नेपालको उपयोगी नहुने र अर्काे डम्प यार्ड नबनोस् ।”

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले कृषि बजेटको ३ प्रतिशत यान्त्रिकीकरणमा खर्चिए तीन वर्षमा उत्पादन ८० प्रतिशत बढ्ने दाबी गरे । उनले आधुनिक कृषि औजारमा लगानी बढाई उत्पादकत्व वृद्धि गर्न कागजी अनुदान वितरणलाई निरुत्साहिन गर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro