site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आमालाई मार्न साथीलाई १ लाखको 'सुपारी' दिए, हत्यापछि जबरजस्ती करणीको प्रयास गरे !

पोखरा । रोजगारीका लागि दुबई गएका ओमबहादुर नेपाली गत वर्ष नेपाल फर्किए । उनी घरका जेठा छोरा हुन् । कास्कीको मादी गाउँपालिका–१० ठेगाना भएका नेपाली हाल पोखरा महानगरपालिका–१२ शितलादेवीमा बस्छन् ।

रोजगारीमा गएपनि सोचेजस्तो नभएपछि स्वदेश फर्केका ३६ वर्षीय नेपालीको दिनचर्या कुलतमा बित्न थाल्यो । उनी साथीहरूसँग दिनहुँ रक्सी खान थाले । उनलाई पैसा अभाव हुन थाल्यो ।

प्रहरीकाअनुसार पैसा अभाव हुन थालेपछि उनले पोखरामा रहेको जग्गा बेच्ने प्रयास गरे । तर, उनकी वृद्ध आमाले मानिनन् । भोगचलन गरिरहेको जग्गा बेच्न नमानेपछि उनले आफ्नै आमाको हत्या गर्ने योजना बुनेको प्रहरी बताउँछ ।

त्यसपछि उनले आफ्ना साथी कुमार गुरुङलाई आमाको हत्या गरेमा एक लाख दिने सुपारी दिएको प्रहरीले जनाएको छ ।

एक लाख पाउने भएपछि ३७ वर्षीय गुरुङ पनि राजी भए । घटना चैत ४ गतेको हो । कास्की प्रहरीमा सूचना आइपुग्यो, “शितलादेवी स्थित सुकुमबासी बस्तीमा ६७ वर्षकी नौमाया नेपाली आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी छन् ।”

सोही सूचनाको आधारमा अनुसन्धान बढाउँदै जाँदा नौमायाको हत्या उनकै छोरा ओमबहादुर नेपालीले गरेको खुलेको प्रहरीको दाबी छ ।

नेपाली र गुरुङ दुवैले प्रारम्भिक बयानमा हत्या स्वीकार गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीकाअनुसार घटनाको अघिल्लो दिन चैत ३ गते राति अबेरसम्म दुवैजनाले सँगै बसी मादकपदार्थ सेवन गरेका थिए । त्यसपछि नेपालीले गुरुङलाई भने, “एक लाख दिन्छु, मेरी आमालाई मार, म बाहिर बस्छु ।”

प्रहरीकाअनुसार रातको साढे १० बजेको थियो, गुरुङ भित्र गए, नौमाया सुतिरहेकी थिइन् । उनले नौमायाको घाँटी थिचे । निदाएकी नौमायाले अर्को बिहान देख्न पाइनन् ।

घाँटी थिचेर हत्या मात्र होइन, गुरुङले जबरजस्ती करणी प्रयाससमेत गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता तिवारीले जानकारी दिए ।

करणीको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

आमाको हत्यापछि नेपाली आफैँले भोलिपल्ट बिहान (चैत ४ गते) आफू नभएको बेलामा आमाको हत्या भएको भनि प्रहरीलाई खबर गरेका थिए । 

प्रहरी पुग्दा नौमायाको घाँटीमा थिचेको डाम, अनुहारमा चोट देखिएको थियो । 

कामको सिलसिलामा काठमाण्डौमा गएका नौमायाका ३२ वर्षीय छोरा टेकबहादुर नेपालीले नै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

अनुसन्धानको क्रममा जेठा छोरा नेपाली दुई वर्षअघि दुबईबाट फर्किएका थिए भने उनी यसअघि साउदी अरब पनि गइसकेका थिए ।

दुवईमा वेटर काम गर्ने नेपालीले बर्मेली नागरिकसँग २०१४ मा विवाह गरेका थिए भने उनकी श्रीमतीले उनलाई छाडिसकेकी थिइन् ।

नेपाली र गुरुङ दुवैमाथि फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुर मा ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro