site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगर र धरानको ३१.८, यी स्थानको तापक्रम ३० डिग्रीमाथि
विराटनगरको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यही फागुन १७ गते देशमा प्रिमनसुन सुरु भएयता अधिकतम र न्यूनतम तापक्रम विस्तारै बढ्दो छ ।

सोमबार (फागुन २६) विराटनगर र धरानको अधिकतम तापक्रम समान ३१.८ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार बेलुका सार्वजनिक गरेको देशका २० स्थानको अधिकतम तापक्रमको विवरणमध्ये विराटनगर र धरानको सबैभन्दा बढी हो ।

आइतबार (फागुन २५) विराटनगर र धरानको अधिकतम तापक्रम समान २८.३ डिग्री सेल्सियस थियो ।

सोमबार चन्द्रगढी (झापा)को अधिकतम तापक्रम ३१.५, जनकपुरको ३१.४, धनगढीको ३०.६, भैरहवाको ३०.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

सोमबार महाशाखाले सार्वजनिक गरेको विवरणमा यीबाहेक अरू स्थानको अधिकतम तापक्रम ३०.० डिग्री सेल्सियसभन्दा कम छ । काठमाडौंको अधिकतम तापक्रम २३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

m10-1741669445.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro