देश
काठमाडौं । नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएकोमा असन्तुष्ट डीआईजीहरू लोकसेवा आयोग पुगेका छन् । आइतबार छुट्टाछुट्टै रूपमा डीआईजीहरू आयोगको केन्द्रीय कार्यालयमा पुगेका हुन् ।
बढुवा समितिले यही चैत १ गते डीआईजीहरू वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
डीआईजी ईश्वरबाबु कार्कीले आफू आयोग पुगेर छलफल गरेको बताए । उनले कसैको बढुवाप्रति गुनासो नगरेको भन्दै न्याय माग्न आफू आयोग पुगेको बताए । प्रहरी नियमावलीले दिएको मौका प्रयोग गरेको उनको भनाइ छ ।
सिनियरलाई पाखा लगाउँदै जुनियरलाई अगाडि बढाएको भन्दै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरू असन्तुष्ट छन् ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १४:५४
प्रतिक्रिया दिनुहोस्