देश
काठमाडौं । नेपालमा एक सातामा कोभिड–१९ संक्रमणबाट एकजनाको मात्रै मृत्यु पुष्टि भएको छ । गएको बुधबारदेखि आजसम्म ६९१ जना संक्रमित थपिँदा एकजनाको मात्रै मृत्यु भएको हो ।
नेपालमा हालसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५० पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ७४६ छ । चार जिल्लामा सक्रिय संक्रमण शून्य छ । ‘कोभिड फ्री’ हुनेमा मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरा छन् ।
काठमाडौं, ललितपुर, चितवन, कास्की र बाँकेमा सक्रिय संक्रमित २०० भन्दा बढी छन् । अरू जिल्लामा यो संख्या दुईदेखि २०० सम्म रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १६:५१
प्रतिक्रिया दिनुहोस्