site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैत ९ देखि चितवनमा कृषि कर्जा मेला हुने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । कृषकहरूलाई कृषि कर्जा सम्बन्धी जानकारी गराउने उद्देश्यसहित आगामी चैत ९ गतेदेखि कृषि कर्जा मेला गरिने भएको छ । नबिल बैंक र कृषि विकास बैंकको मुख्य प्रायोजनामा आर एन्ड डी इनोभेटिभ सोलुसन र नेपाल कृषि मेसिनरी व्यवसायी संघले कृषि कर्जा मेला आयोजना गर्न लागेका हुन् ।

मेला चैत ९ गतेदेखि १२ गतेसम्म चितवन एक्स्पो सेन्टर भरतपुर चितवनमा हुनेछ । मेलाबारे जानकारी गराउन सोमबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैंक तथा कृषकहरूलाई एकै थलोमा भेला गराई कृषि कर्जा सम्बन्धमा कृषकहरूमा कृषि वित्तीय साक्षरता अभिवृद्धि गराउने मेला आयोजना गरिएको जानकारी गराइयो ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै बैंकहरूलाई कृषि कर्जा व्यवसाय विस्तारमार्फत बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको मेलाले बैंक तथा कृषकहरूलाई एक आपसमा जोड्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

नीति निर्माता, राष्ट्र बैंक, वाणिज्य बैंक र कृषिकहरूको सहभागिता रहने मेलाले आगामी दिनमा थप कृषि कर्जामैत्री नीति निर्माणमा सहयोग पुर्‍याउने विश्वास आयोजकको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय