काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको मतदानमा करिब ९५ प्रतिशत मत खसेको अनुमान निर्वाचन समितिको छ ।
महासंघको अध्यक्षका लागि रवि सिंह, निकोलस पाण्डे र हुमनाथ कोइरालाले अध्यक्षमा उमेदवारी दिएका छन् । सिंह वर्तमान कार्यसमितिका अध्यक्ष हुन भने पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् । सिंह र पाण्डेले प्यानलसहित चुनाव लडेका हुन् भने यी दुईबीच नै मूख्य प्रतिस्पर्धा हुने छ ।
पाण्डे कालिका कन्स्ट्रक्सनका कार्यकारी निर्देशक हुन् भने सिंहको निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा रहेको छ । यस्तै कोइरालाको विकोई विल्डर्स रहेको छ ।
आज साँझ ७ बजेदेखि मतगणना सुरु हुन सक्ने समितिले जनाएको छ ।