काठमाडौं । पुष्पपराग साहित्य प्रतिष्ठानले बर्सेनि प्रदान गर्ने सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानले ‘पुष्पपराग वर्ष सम्मान–२०७८’ साहित्यकार बखतबहादुर थापालाई प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानले ‘तिलकुमारी खड्का स्मृति पुरस्कार’ कथाकार भागीरथी श्रेष्ठलाई, ‘नील–गंगा भाषा साहित्य पुरस्कार’ प्रा. डा. योगेन्द्र यादवलाई, ‘पद्मावती गीत संगीत पुरस्कार’ गायिका लोचन भट्टराईलाई, ‘शुक्रमन्दिर लोकसाहित्य पुरस्कार’ संगीतकार बादल लिम्बूलाई, ‘मुना स्मृति आख्यान पुरस्कार’ साहित्यकार बीके पाल्पालीलाई (मरणोपरान्त) प्रदान गर्ने घोषणा गरेको छ ।
प्रतिष्ठानले ‘कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार’ गीतकार तथा गायक सुरेश शाहीलाई, ‘परममाया÷कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार’ भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गर्ने घोषणा गरेको छ ।
यस्तै, गीत, संगीत, कला, भाषा, साहित्यमा विशिष्ट योगदान पुर्याउने एकजनालाई प्रदान गरिने मानार्थ सदस्यता गायिका ज्ञानु राणालाई तथा ‘पुष्पपराग युवा साहित्य सम्मान’ कथाकार मन्दिरा ‘मधुश्री’लाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ ।