site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु : सुन्दरबजारमा अनिश्चितकालीन कर्फ्यु
फाइल तस्बिर : फेसबुकबाट ।

लमजुङ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ ।

सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा–१० मा अध्ययनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मंगलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

सो क्षेत्रमा स्थानीय प्रशासन ऐन–२०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नम्बर–९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोक समेत चार किल्ला क्षेत्रमा कर्फ्यु जारी जारी गरिएको छ ।

श्रेष्ठ सो विद्यालयको छात्रबासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरबाही गरेको भन्दै सो क्षेत्र मंगलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको हो ।

त्यसैगरी, मंगलबार साँझ सडकको नाली निर्माण गर्ने क्रममा सुन्दरबजार–९ मा माटोले पुरिएर मकवानपुरको मनहरि गाउँपालिका–२ का ४० वर्षीय सुरेश स्यान्त्याङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही क्रममा काम गर्दै गरेका अर्का ३१ वर्षीय सूर्जे स्यान्त्याङ घाइते भएको प्रहरीले जनाएको छ ।

दुवैजना सोही स्थानमा नाली निर्माणका लागि काम गर्दैगर्दा अचानक माटो खसेर पुरिएको र प्रहरीले उद्धार गरे पनि सुरेशको भने मृत्यु भएको जनाइएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, फागुन २५, २०७८  ०९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro