site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रंगमञ्चदेखि रणभूमिसम्म पुग्ने को हुन् रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ जेलेन्स्की ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । रुसी आक्रमणको ‘नम्बर वान टार्गेट’ भोलोदिमिर जेलेन्स्की । युक्रेनका राष्ट्रपति । एक युद्ध नायक । 

उमेर ४४ वर्ष ।

जुन मितिमा उनको जन्म भयो, (२५ जनवरी १९७८) त्यो समय युक्रेन सोभियत संघ (युनियन अफ सोभियत सोसलिस्ट रिपब्लिक्स–यूएसएसआर) को हिस्सा थियो । त्यसको १३ वर्षपछि १९९१ अगस्ट २४ मा युक्रेन सोभियत संघबाट स्वतन्त्र भयो । त्यसको तीनचार महिनापछि त सोभियत संघ नै विधिवत रूपमा पतन भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसयताका तीन दशक युक्रेनको राजनीति उथलपुथलपूर्ण अवस्थाबाट गुज्रिएको छ ।

युक्रेनको उथलपुथलपूर्ण इतिहास

Global Ime bank

 अहिले दशकौँ सोभियत संघको छाताभित्र सँगै बसेका रुसले युक्रेनमाथि भीषण आक्रमण गरेको छ । युक्रेनले पनि आक्रमणको कडा प्रतिरोध गरिरहेको छ । युक्रेनका लागि सर्वाधिक संकटको समयमा नेतृत्व गरिरहेका छन्, उनै ४४ वर्षीय जेलेन्स्की ।

उनी भन्छन्, “म एक नम्बर टार्गेट हुँ, मेरी पत्नी र छोराछोरी दुई नम्बर टार्गेट हुन् ।” यो समय उनी आफू र आफ्नो परिवारको पर्वाह नगरी देश र नागरिकको रक्षा गर्न डटिइरहेका छन् ।

रंगमञ्चका ती जेलेन्स्की

एक समय थियो, उनी टेलिभिजनको पर्दामा ‘राष्ट्रपति’को भूमिका निभाउँथे । त्यतिबेला युक्रेनको वास्तविक राष्ट्रपति थिए, पेत्रो पोरोसेन्को ।

कुरा यो शताब्दीको दोस्रो दशकको मध्यतिरको हो । युक्रेनमा भ्रष्टाचार व्याप्त थियो । (ट्रान्सप्यारेन्सी इन्टरनेशनलका अनुसार भ्रष्टाचारको मामिलामा युक्रेन सन् २०२१ मा १८० मध्ये १२२ औँ स्थानमा छ ।) यसै समयमा भ्रष्टाचार विरोधी ‘सर्भेन्ट अफ पिपल’ नामक टेलिश्रृङ्खला प्रसारण भयो । जहाँ जेलेन्स्कीले एक शिक्षकको भूमिका निभएका छन्, जो कालान्तरमा राष्ट्रपति बन्छन्, सरकारी भ्रष्टाचारविरुद्ध गरेको सम्बोधन भाइरल बनेका कारण । यस टेलिश्रृङ्खलाको युक्रेनी राजनीतिमा ठूलो प्रभाव पर्यो ।

त्यो थियो ‘सर्भेन्ट अफ पिपल’ को एक पात्रको भूमिका, जुन उनको जीवनको महत्वपूर्ण मोड बन्यो । जेलेन्स्कीले राजनीतिमा प्रवेश गरे । र, उनी ‘रिल राष्ट्रपतिबाट रियल राष्ट्रपति बने ।

टीभीमा युक्रेनी राष्ट्रपतिको भूमिका निभाएर साँच्चिकै राष्ट्रपति बनेका जेलेन्स्की

उनी सन् २०१९ मा राष्ट्रपतिको चुनाव लडे । र, दोस्रो चरणमा बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै प्रचण्ड बहुमतसहित राष्ट्रपति बनेका हुन् । जेलेन्स्कीले पछि पिपल अफ सर्भेन्ट नामक राजनीतिक दल खोले । संसदीय चुनाव पनि जिते । उनले चुनावमा भ्रष्टाचार अन्त्य गर्ने र पूर्वी युक्रेनको द्वन्द्व अन्त्य गर्ने वाचा गरेका थिए ।

यी जेलेन्स्की

तर, यो समय पूर्वी क्षेत्रमा भइरहेको द्वन्द्व चर्किएको मात्र छैन, देशव्यापी रुसी आक्रमण समेत भइरहेको छ । राष्ट्रपति हुनुअघि राजनीतिको कुनै अनुभव नभएका उनी अहिले भूराजनीतिको दलदलमा फसेका छन् । तर, निसासिएका छैनन् ।

उनी युक्रेनी जनताको आक्रोशको आवाज बनेका छन् । उनको दृढताबाट बाँकी विश्व नतमस्तक बनेको छ । मंगलबार ईयूका सांसदले उठेर ताली बजाउँदै जेलेन्स्कीलाई अभिनन्दन गरे ।

युद्ध चर्किँदै गएपछि अमेरिकाले उनको उद्धार गर्न विमान पठाउने प्रस्ताव राख्यो । यसलाई उनले अस्वीकार गरेर प्रष्टसँग भने, “मलाई अहिले हातहतियार, गोलीबारुद चाहिएको छ, ‘राइड’ होइन ।”

जेलेन्स्कीद्वारा अमेरिकी प्रस्ताव अस्वीकार, भन्छन्– मलाई ‘राइड’ होइन हतियार देऊ

पश्चिमा देशहरूले पनि युक्रेनलाई अर्बौं डलरको सैन्य सामग्री सहयोग गरेका छन् । रुसमाथि कडा प्रतिबन्धहरू लगाएका छन् ।

जुन मागका कारण रुसी आक्रमण खेप्नु परिरहेको छ, ती माग भने पूरा गरिदिएका छैनन् ः नेटो र ईयूको सदस्यता । यद्यपि, जेलेन्स्कीले यी माग त्यागेका छैनन् । अडिग छन् । खुट्टा कमाएका छैनन् ।

रुस युक्रेनलाई असैनिकीकरण गरेर आफ्नो प्रभावमा राख्न चाहन्छ । युक्रेन रुसको बदनियतबाट बच्न चाहन्छ ।

त्यसैले त रुसी आक्रमण जारी छ । यो लडाइमा जेलेन्स्कीले युक्रेनी जनताको साथ छोडेका छैनन्, युक्रेनी जनताले जेलेन्स्कीको । पूरा युक्रेन अभूतपूर्व एकतावद्ध भएको छ ।

जेलेन्स्की साढे चार करोड युक्रेनी नागरिकको शक्तिको प्रतीक बनेका छन् ।

जेलेन्स्कीको सुरुवाती जीवन र ‘करिअर’

दक्षिणी युक्रेन औद्योगिक सहर क्रीभी रीको यहुदी परिवारमा उनको जन्म भयो । उनी सानै छदाँ उनको परिवार मंगोलिया गए । त्यसको चार वर्षपछि पुनः क्रीभी रीमै फर्किए, जहाँ उनी विद्यालय भर्ना भए ।

युक्रेनको दिनीप्रोपेत्रोभ्स्क क्षेत्रका धेरै मानिस जस्तै उनी पनि रैथाने रुसी भाषीको रूपमा हुर्केबढे । तर, उनले युक्रेनी र अंग्रेजी दुवै भाषामा पनि दखल हासिल गरे । सन् २००० मा कीभ नेसनल इकोनोमिक युनिभर्सिटीको स्थानीय क्याम्पसबाट कानुनमा स्नातक गरे । जेलेन्स्कीले कानुनी अभ्यास गर्न इजाजत प्राप्त गरे पनि उनको रुचि पहिलेदेखि नै अर्कै दिशामा अगाडि बढिरहेको थियो, त्यो हो मनोरञ्जन ।

विद्यार्थी कालदेखि नै उनी रंगमञ्चमा सक्रिए थिए, त्यो नै उनको पहिलो प्राथमिकतामा पर्यो, त्यसमा नै उनले आफ्नो ध्यान केन्द्रित गरे । सन् १९९७ मा उनकोे प्रस्तुति समूह ‘केभार्तल ९५’ टेलिभिजनबाट प्रसारित एउटा चर्चित कमेडी प्रतियोगिता केभीएनको अन्तिम चरणमा पुग्यो । र, उनको समूह सन् २००३ सम्म केभीएनमा देखिए ।

समयसँगै उनी अभिनेता एवं कमेडियनको रूपमा चर्चित हुँदै गए । यसै क्रममा उनको एकजना धनाढ्यसँग सम्बन्ध कायम भयो । तर, जेलेन्स्कीले राजनीतिमा प्रवेश गर्ने इच्छा जाहेर गरेपछि दुईबीचको सम्बन्धमा दरार आयो ।

यो समयमा जेलेन्स्कीले रेभ्स्की भर्सेज नेपोलियन (२०१२) लगायत थुप्रै फिचर फिल्म र रोम्यान्टिक कमेडी ८ फस्र्ट डेट्स (२०१२) र ८ न्यू डेट्स (२०१५) अभिनय गरेका छन् ।

उनले ‘लिगा स्मेहा’ (लिग अफ लाफ्टर) सञ्चालन गरेका थिए । सन् २००६ मा युक्रेनको ‘डान्सिङ विद द स्टार्स’ जितेका थिए ।

यति मात्रै कहाँ हो र ? उनले पाँच मिनेटसम्म लिंगले पियानो समेत बजाएका छन् ।

एजेन्सीको सहयोगमा 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement