site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनको खेरसनमा ड्रोन आक्रमण, सातजनाको मृत्यु

काठमाडौं । युक्रेनको खेरसनमा ड्रोन आक्रमणमा सातजनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । यो क्षेत्र हाल रुसको नियन्त्रणमा छ ।

दक्षिणी युक्रेनको खेरसनको रुसी नियन्त्रित भागमा युक्रेनी ड्रोन आक्रमण भएको रुसी गभर्नर भ्लादिमिर साल्डोले बताएका छन् ।

Argakhachi Cement Island Ad

भ्लादिमिर साल्डोले भने, "युक्रेनले स्थानीय समय अनुसार बिहान करिब ९ः३० बजे ओलेस्कीको बजारमा आक्रमण गरेको थियो ।"

यसअघि रुसी आक्रमणमा दुई युक्रेनी नागरिकको मृत्यु भएको खबर आएको थियो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रातको समयमा रुसी ड्रोन आक्रमणको विरोध गरेका छन् । उनले ओडेसा सहरमा २१ वटा ड्रोन आक्रमण भएको बताए । यसका कारण धेरै ठाउँमा आगलागी भयो र धेरै मानिसहरूको मृत्यु भयो । उनले किभ र सुमी लगायत अन्य क्षेत्रहरूमा पनि आक्रमण भएको बताए । बीबीसी

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्