site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनको उथलपुथलपूर्ण इतिहास
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । युद्धको शंका–उपशंकाबीच अन्ततः रुसले युक्रेनमाथि पूर्ण मात्राको आक्रमण गरेको छ । रुसी आक्रमणमा सैयौँ मानिसको मृत्यु भएको छ, कयौँ मानिस घाइते भएका छन् । दशौँ हजार मानिस विस्थापित भएका छन् ।

सोभियत संघबाट स्वतन्त्र भएपछि...
सन् १९९१ अगस्ट २४ । सोभियत संघ (युनियन अफ सोभियट सोसलिस्ट रिपब्लिक्स–यूएसएसआर)बाट युक्रेन स्वतन्त्र भएको दिन । डिसेम्बर २६ मा सोभियत संघको विधिवत् अन्त्य हुनु चार महिनाअघि नै जनमतसंग्रहबाट युक्रेन स्वतन्त्र भएको थियो ।

सन् १९९१ मा युक्रेनियन सोसलिस्ट सोभियट रिपब्लिकका नेता लियोनिद क्रभचुकले युक्रेनलाई मस्कोबाट स्वतन्त्र घोषणा गरे र पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित भए । पर्यवेक्षकहरूले धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष मानेका १९९४ मा भएको राष्ट्रपतीय चुनावमा उनी पूर्वकम्युनिस्ट नेता लियोनिद कुचमासँग पराजित भए । १९९९ मा भएको मतदानमा कुचमा पुनः निर्वाचित भए । तर, त्यो निर्वाचन अनियमिततापूर्ण थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सन् २००४ मा रुस समर्थक उमेदवार भिक्टर यानुकोभिचलाई राष्ट्रपति घोषित गरियो । तर, मतदानमा धाँधली गरेको आरोप लागेपछि ‘ओरेन्ज रिभोलुसन’ भयो र यसले पुनः मतदान गर्न बाध्य तुल्यायो । त्यसपछि पश्चिमा समर्थक पूर्वप्रधानमन्त्री भिक्टर युस्चेन्को राष्ट्रपतिमा निर्वाचित भए ।

सन् २००५ मा युस्चेन्कोले युक्रेनलाई क्रेमलिनको घेरा (कक्ष)बाट बाहिर नेटो र युरोपेली संघतर्फ लैजाने वाचासहित सत्ता हातमा लिए । उनले पूर्वऊर्जा कम्पनीका प्रमुख युलिया टिमोसेन्कोलाई प्रधानमन्त्री नियुक्त गरे । तर, युक्रेनको पश्चिमा समर्थक क्याम्पमा झगडा भएपछि उनलाई बर्खास्त गरियो ।

Royal Enfield Island Ad

२००८ मा नेटोले युक्रेनलाई एक दिन गठबन्धनमा सामेल गर्ने वाचा गर्‍यो ।

२०१० मा यानुकोभिचले राष्ट्रपतीय निर्वाचनमा टिमोसेन्कोलाई पराजित गरे । रुस र युक्रेनले ब्ल्याक सी बन्दरगाहमा रुसी नौसेनाका लागि लिज (पट्टा) विस्तारको बदलामा ग्यास मूल्य निर्धारण सम्झौता गर्न सफल भए ।

सन् २०१३ मा यानुकोभिचको सरकारले नोभेम्बरमा ईयूसँगको व्यापार र एसोसिएसन वार्ता निलम्बन गर्‍यो र मस्कोसँगको आर्थिक सम्बन्धलाई पुनर्जीवित गर्ने निर्णय गर्‍यो । यसले किभमा महिनौँ लामो जनप्रदर्शन उत्पन्न गर्‍यो ।

२०१४ मा किभको मेडन स्वायरकेन्द्रित विरोधहरू हिंसात्मक बन्यो । दर्जनौँ प्रदर्शनकारी मारिए ।

फेब्रुअरीमा यानुकोभिचलाई हटाउन मतदान गरियो । केही दिनभित्रै हतियारधारीहरूले युक्रेनको क्रिमियाको संसद् कब्जा गरे र रुसी झन्डा फहराए ।

मार्च १६ मा भएको जनमतसंग्रहपछि मस्कोले क्रिमियालाई रुसी संघमा गाभ्यो । त्यति बेलाको जनमतसंग्रहमा रुसी संघमा गाभिने पक्षमा अत्यधिक समर्थन व्यक्त भएको थियो ।

अप्रिलमा डोनबासको पूर्वी क्षेत्रमा रुस समर्थक पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरे । मेमा व्यापारी पेट्रो पोरोसेन्कोले पश्चिमा समर्थक एजेन्डाका साथ राष्ट्रपतिको चुनाव जिते ।

जुलाईमा एम्स्टर्डमबाट क्वालालम्पुर जाँदै गरेको यात्रुवाहक विमान एमएच १७ लाई क्षेप्यास्त्रले खसाल्यो, जसमा सवार सबै २९८ जनाको मृत्यु भयो । यसमा प्रयोग भएको हतियार अनुसन्धानकर्ताहरूले रुसमा फेलापारेका छन् । तर, रुसले आफ्नो संलग्नतालाई अस्वीकार गर्छ ।

२०१७ मा युक्रेन र ईयूबीचको एसोसिएसन सम्झौता पारित भयो । सम्झौताअनुसार सामान र सेवाहरूको स्वतन्त्र व्यापारका लागि बजार खोल्न र युक्रेनीहरू ईयूमा भिसामुक्त यात्रा गर्न सक्छन् ।

२०१९ मा एउटा नयाँ युक्रेनी अर्थोडक्स चर्चले औपचारिक मान्यता पायो । यसले क्रेमलिनलाई आक्रोशित बनायो ।

पूर्वअभिनेता एवं हास्यकलाकार भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचारको सामना गर्ने र पूर्वी युक्रेनमा चर्किरहेको द्वन्द्व अन्त्य गर्ने वाचा गर्दै अप्रिलको राष्ट्रपति चुनावमा पोरोसेन्कोलाई पराजित गरे । उनको सर्भेन्ट अफ द पिपल पार्टीले संसदीय चुनाव पनि जित्यो ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा राष्ट्रपतिको दौडमा उनका प्रतिद्वन्द्वी जो बाइडेन र उनका छोरा हन्टर बाइडेनलाई युक्रेनमा सम्भावित व्यापारिक कारोबारमा अनुसन्धान गर्न आग्रह गरे । यसले अन्ततः ट्रम्पलाई महाअभियोग लगाउने असफल प्रयासमा पुर्‍यायो ।

सन् २०२० को मार्चमा युक्रेन कोभिड–१९ नियन्त्रण गर्न पहिलो लकडाउनमा गयो ।

जुनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले युक्रेनलाई महामारी–प्रेरित मन्दीको समयमा ‘डिफल्ट’ रोक्न पाँच अर्ब लाइफलाइन अनुमोदन गर्‍यो ।

२०२१ को जनवरीमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति बाइडेनलाई युक्रेनलाई नेटोमा सामेल गर्न अपिल गरे । फेब्रुअरीमा जेलेन्स्कीको सरकारले विपक्षी नेता एवं युक्रेनमा क्रेमलिनको मुख्य सहयोगी भिक्टर मेदभेदचुकमाथि प्रतिबन्ध लगायो ।

२०२१ को स्प्रिङ (वसन्त)मा रुसले युक्रेनी सिमानानजिकै सेनाहरू तैनाथ गर्‍यो । सैन्य अभ्यासपछि आंशिक रूपमा तितरबितर गर्‍यो ।

अक्टोबरमा युक्रेनले टर्किस बायराक्तार टीबी २ ड्रोन प्रयोग गर्‍यो । यसले रुसलाई आक्रोशित बनायो । अटम (सरद) याममा रुसले युक्रेननजिकै फेरि सैनिक तैथान गर्‍यो ।

२०२१ डिसेम्बर ७ मा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमाथि आक्रमण गरे रुसलाई आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिए ।

डिसेम्बर १७ मा रुसले पूर्वी युरोप र युक्रेनमा नेटोले कुनै पनि सैन्य गतिविधि त्याग्न सक्ने कानुनी रूपमा बाध्यकारी ग्यारेन्टीसहित विस्तृत सुरक्षा मागहरू प्रस्तुत गर्‍यो ।

२०२२ : युक्रेनमाथि रुसी आक्रमणको वर्ष
२०२२ जनवरी १० । अमेरिकी र रुसी कूटनीतिज्ञहरू मतभेद कम गर्न असफल भए र त्यसपछिका वार्ताले पनि कुनै ठूलो सफलता प्राप्त गर्न सकेन ।

फेब्रुअरी १० मा रुसले बेलारुस र ‘ब्ल्याक सी’मा सैन्य अभ्यास गर्‍यो ।

फेब्रुअरी १४ मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोमा सामेल हुन निरन्तर प्रयास गर्ने बताए ।

फेब्रुअरी २१ मा युक्रेनबाट छुट्टिएका दोनेत्स्क र लुहान्स्क गणराज्यलाई रुसले मान्यता दियो ।

फेब्रुअरी २१ मै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोनेत्स्क र लुहान्स्कमा रुसी फौज परिचालनको आदेश दिए ।

फेब्रुअरी २२ मा जर्मनीले नर्ड स्ट्रिम २ ग्यास परियोजना स्थगित गर्‍यो । अमेरिका र ईयूले पहिलो चरणको प्रतिबन्धहरू घोषणा गरे ।

फेब्रुअरी २३ मा युक्रेनको पृथकतावादीले रुसी सहयोग मागे र युक्रेनको संसद्ले संकटकाल घोषणालाई अनुमोदन गर्‍यो ।

अन्ततः फेब्रअरी २४ मा रुसले युक्रेनमाथि पूर्ण मात्राको आक्रमण गर्‍यो । एजेन्सीको सहयोगमा ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro