site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारत–पाकिस्तानलाई संयम रहन अमेरिकाको आग्रह 

काठमाडौं । अमेरिकाले भारत र पाकिस्तानलाई दुई देशबीचको तनावपूर्ण अवस्थालाई कम गर्नेतर्फ काम गर्न आग्रह गरेको छ । 

गत हप्ता भारतको कश्मीरको पहलगाम क्षेत्रमा भएको घातक आतंककारी हमलामा २६ जना पर्यटकको मृत्यु भएपछि दुई देशबीचको तनाव बढ्दै गएको अवस्थामा अमेरिकाको यो अपिल आएको हो । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार भारतीय विदेशमन्त्री र पाकिस्तानी प्रधानमन्त्रीसँग छुट्टाछुट्टै टेलिफोन वार्ता गरेर दक्षिण एसियामा शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको बीबीसीले जनाएको छ ।

भारतले पाकिस्तानमा आश्रय लिएका आतंकवादीले अप्रिल २२मा पहलगाममा गरेको हमलामा पाकिस्तानको समर्थन रहेको आरोप लगाएको छ । तर पाकिस्तानले भने भारतको सो आरोपलाई अस्वीकार गरेको छ ।

बुधबार भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो वायुसीमा बन्द गर्ने घोषणा गरेको छ । 

दोषीविरुद्ध कारबाही गर्न भारतको माग

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको टेलिफोन वार्तामा भारतीय विदेशमन्त्री एस. जयशंकरले पहलगाम हमलाका अपराधी, समर्थक र योजनाकारविरुद्ध कारबाही हुनुपर्ने भनेका छन् । 

उक्त टेलिफोन वार्तापछि ट्विटरमा लेख्दै उनले यो माग राखेका हुन् । रुबियोले हमलामा मृत्यु भएकाहरूप्रति शोक व्यक्त गर्दै आतंकवादविरुद्धको लडाइँमा अमेरिकाको समर्थन हुने बताएका थिए ।

हमलाको निन्दा गर्न पाकिस्तानलाई अमेरिकी दबाब

अमेरिकी विदेशमन्त्रीले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफसँगको टेलिफोन वार्तामा आतंकवादी हमलाको निन्दा गर्न आग्रह गरेका छन् । उनले पाकिस्तानलाई निन्दनीय हमलाको अनुसन्धानमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

तर शरीफले भारतले पाकिस्तानलाई घटनासँग अनावश्यक रूपमा जोड्ने प्रयास गरेको भन्दै उक्त आरोपको खारेज गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उनले भारतलाई जिम्मेवार व्यवहार गर्न र आक्रमक बयानबाट टाढा हुन दबाब दिन अमेरिकासँग आग्रह गरेको पनि उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro