site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
टीभीमा युक्रेनी राष्ट्रपतिको भूमिका निभाएर साँच्चिकै राष्ट्रपति बनेका जेलेन्स्की

किभ । भोलोदिमिर जेलेन्स्की पहिलोचोपटक टेलिभिजन स्क्रिनमा आउँदा युक्रेनका राष्ट्रपतिका रूपमा नै देखापरेका थिए । उनले एउटा लोकप्रिय कमेडी सिरिजमा कलाकारको भूमिका निभाउने क्रममा टीभीमा त्यसरी राष्ट्रपतिको रूपमा देखापरेका थिए । तर सन् २०१९ को अप्रिलमा त्यही नाटकीय भूमिका एक्कासी वास्तविकतामा परिणत भयो । 

अहिले उही जेलेन्स्कीले ४ करोड ४० लाख जनता रहेको युक्रेनको नेतृत्व गर्दै सीमानामा रुसी फौजको खतराको सामना गरिरहेका छन् । 

“सर्भेन्ट अफ दि पिपुल" नाम टेलिभिजन सिरियलमा उनले एक नम्र स्वाभावका इतिहास विषयका शिक्षकको भूमिका निभाएका थिए । तर, उनले भ्रष्टाचारविरुद्ध निकै आक्रोशित भएर बोलेको भाषणको भिडियो भाइरल बनेपछि संयोगवस उनी शिक्षकबाट राष्ट्रपति बन्न पुग्छन् । परिको कथाजस्तो त्यस कथावस्तुले राजनीतिबाट दिग्भ्रमित युक्रेनी जनताको कल्पनालाई समाउन सफल भयो । 

चुनावको समयमा 'सर्भेन्ट अफ दि पिपुल' नै उनको पार्टीको नाम बन्यो । उनले मुलुकको राजनीतिक फोहर मैला सफा गर्ने तथा पुर्वी युक्रेनमा शान्ति पुनर्स्थापना गर्ने आफ्नो चुनावी मुद्दा बनाए ।

अहिले सीमा क्षेत्रमा रुसी फौजी तैनाथको कारण रुस र पश्चिम जगत करिब करिब शितयुद्धकै अवस्थामा फर्किसकेको छ ।

अहिले ४४ वर्षीय राष्ट्रपति जेलेन्स्कीले युक्रेनी जनताको समर्थनमा जुट्नु र पश्चिम जगतलाई पनि आफ्नो जनतालाई युद्धको खतरा देखाउँदै नतर्साउन अपील गर्नुपरेको छ ।

उनको राष्ट्रपति पदसम्मको यात्रा परम्परागत पक्कै थिएन ।

केन्द्रीय सहर क्रिभ्यी रिहमा उनको यहुदी परिवारमा जन्म भएको थियो । उनले किभ नेसनल इकोनोमिक युनिभर्सिटीबाट कानुन विषयमा स्नातक उपाधि हासिल गरेका हुन् । तर कलाकारिताकै कारण उनी राजनीतिमा तानिएका हुन् । युवावस्थादेखि नै उनले रुसी टेलिभिजनमा प्रतिस्पर्धात्मक 'टिम कमेडी सो'मा नियमित रूपमा भाग लिने गरेका थिए ।

सन् २००३ मा उनी आफ्नै कमेडी टिम 'भार्ताल ९५'को नाममा एक सफल टीभी प्रोडक्सन कम्पनीको संह–संस्थापक बने ।

इन्स्टाग्राममा ९२ लाख फलोअर रहेका उनले सन् २०१९ को अप्रिलमा कूल खसेको मतको ७३ प्रतिशत मतसहित चुनाव जितेका थिए । उनी युक्रेनको छैठौँ सबैभन्दा कम उमेरका राष्ट्रपति बनेका हुन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro